nmb bank

गृहपृष्ठ देउवाद्वारा सोनाम ल्होसारको शुभकामना

देउवाद्वारा सोनाम ल्होसारको शुभकामना

देउवाद्वारा सोनाम ल्होसारको शुभकामना

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायको सोनाम ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका पर्व मनाउने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन् ।

‘सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा छन्, सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि छ, यी पर्वले नेपाली समाजमा सामाजिक सद्भाव बढाउँदै आएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले उक्त पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

 

प्रकाशित समय : ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु