nmb bank

गृहपृष्ठ नेपालविरुद्ध क्यानडा ब्याटिङ गर्दै, आकाशको डेब्यु

नेपालविरुद्ध क्यानडा ब्याटिङ गर्दै, आकाशको डेब्यु

नेपालविरुद्ध क्यानडा ब्याटिङ गर्दै, आकाशको डेब्यु

एकदिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो ।

क्यानडाविरुद्धको खेलमा नेपालका १९ वर्षीय आकाश चन्दले डेब्यु गरेका छन् । उनले ललितनारायण राजवंशीको स्थान लिँदै आजको खेलमा डेब्यु गरेका  हुन् । चन्द नेपाली सिनियर टोलीबाट एकदिवसीय खेल खेल्ने ४०औँ  खेलाडी बनेका छन् । उनलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शरद भेषावकरले ‘क्याप’ दिए । आइसिसी यु–१९ विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि चन्द सिनियर टोलीमा स्थान बनाउन सफल भएका हुन् ।

क्यानडाविरुद्धको दोस्रो खेलमा नेपाली टोलीमा चन्दसँगै रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ र अनिलकुमार साह रहेका छन् ।

क्यानडाले केहीबेर अघिसम्मको खेलमा सात ओभरमा बिनाकुनै विकेट ४० रन बनाएको छ ।

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु