nmb bank

गृहपृष्ठ यस साता २९ अंकले बढ्यो शेयर बजार, अर्को साता के होला ?

यस साता २९ अंकले बढ्यो शेयर बजार, अर्को साता के होला ?

यस साता २९ अंकले बढ्यो शेयर बजार, अर्को साता के होला ?

यस साता शेयर बजार करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २०६७.०१ विन्दुमा बन्द भएको नेप्से, यस साता १.४२ प्रतिशत अर्थात २९.३१ अंक बढेर २०९६.३२ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ४.७१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ।

नेप्से बढेपनि यस साता दैनिक औषत कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ८६ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३८.९४ प्रतिशत घटेको हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३६.०२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३४.१९ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४६ अर्ब बढेर ३२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.२९ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता विकास बैंक उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढी बढेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७१ अंक बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस साता ०.८७ प्रतिशत अर्थात ०.१६ प्रतिशत घटेको छ।

 

यस साता ४ कम्पनीको ९ करोड ६१ लाख ५८ हजार ४०७.५१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई नेप्सेमा सूचीकृत भएको हो भने सांग्रिला डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था बोनस शेयर सूचीकृत भएको हो।

 

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु