nmb bank

गृहपृष्ठ निसान्काको एकदिवसीय क्रिकेटमा कीर्तिमानी ब्याटिंग

निसान्काको एकदिवसीय क्रिकेटमा कीर्तिमानी ब्याटिंग

निसान्काको एकदिवसीय क्रिकेटमा कीर्तिमानी ब्याटिंग

श्रीलंकाका ब्याट्सम्यान पथुम निसान्काले एकदिवसीय क्रिकेटमा २०१ रन बनाएर कीर्तिमानी ब्याटिंग गरेका छन् ।

शुक्रबार अफगानिस्तानविरुद्धको खेलमा प्रथुमले अविजित २१० रन बनाउदै श्रीलंकाका लागि एकदिवसीय क्रिकेटमा सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् ।

पथुम एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो श्रीलंकाली ब्याट्सम्यान बनेका छन् । यस अघि श्रीलंकाका लागि एकदिवसीय क्रिकेटमा सनथ जयसूर्याले सन् २००० मा भारतविरुद्ध १८९ रन बनाएका थिए ।

त्यसै गरि पथुम एकदिवसीय क्रिकेटको एक इनिंगमा सर्बाधिक रन बनाउने खेलाडीमा छैटौं स्थानमा रहेका छन् । उनी भन्दा अगाडी पाकिस्तानका फखर जमानले २१० रन बनाएका छन् भने वेस्टइण्डिजका क्रिस गेलले २१५, भारतका विरेन्द्र सहवागले २१९, न्यूजील्याण्डका मार्टिन गप्टिलले २३७ र भारतका रोहित शर्माले २६४ रन बनाएका छन् ।

यस खेलमा श्रीलंकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ३ विकेट गुमाएर ३८१ रन बनाएको छ । श्रीलंकाले आफ्नो एकदिवसीय इतिहासमा बनाएको यो सर्बाधिक चौथो ठुलो टोटल हो ।

प्रकाशित समय : १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु