nmb bank

गृहपृष्ठ माओवादी स्थायी कमिटी बैठक बस्दै, यि एजेन्डामा छलफल हुँदै

माओवादी स्थायी कमिटी बैठक बस्दै, यि एजेन्डामा छलफल हुँदै

माओवादी स्थायी कमिटी बैठक बस्दै, यि एजेन्डामा छलफल हुँदै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज र भोलि बस्नेछ । स्थायी कमिटीमा विधानबारे छलफल हुने पार्टी कोषाध्यक्ष तथा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । विधान सम्मेलनअघि बैठक बस्न लागेकाे हाे ।

मुख्यसचिव श्रीराम ढकालका अनुसार माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक पनि बस्नेछ । बैठक राष्ट्रियसभा गृहमा बस्नेछ । उक्त बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुनेछ ।

माओवादीको विधान सम्मेलन फागुन १–३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ ।

प्रकाशित समय : ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु