nmb bank

गृहपृष्ठ प्राइम कमर्सियल बैंकको ४१ हजार संस्थापक शेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको ४१ हजार संस्थापक शेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको ४१ हजार संस्थापक शेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकले ४१ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ११० रुपैयाँ प्रतिकित्ताका दरले उक्त सेयर बिक्रीमा राखेको हो ।

बुधबार ३५ दिने सार्वजनिक सूचना निकाल्दै बैंकले खरिद गर्न चाहने संस्थापक सेयरधनीलाई फागुन ४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

बैंकले सुरुमा संस्थापक सेयरधनीहरुमा नै सेयर बिक्री गर्नेछ । संस्थापक सेयरधनीले नकिनेको खण्डमा भने सो सेयर अन्य लगानीकर्ताले खरिद गर्न सक्नेछन् ।

इच्छुक सेयर खरिदकर्ताले बैंकको धितोपत्र बिक्री प्रबन्धक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्नेछ।

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु