nmb bank

गृहपृष्ठ ७ अर्ब आन्तरिक ऋण उठाउदैं राष्ट्र बैंक

७ अर्ब आन्तरिक ऋण उठाउदैं राष्ट्र बैंक

७ अर्ब आन्तरिक ऋण उठाउदैं राष्ट्र बैंक

सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । २५ माघ बिहीबार ८ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल मार्फत ८ अर्ब आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

विकास ऋणपत्र २०८८ ‘ज’ नाम दिएको उक्त ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्म कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु