nmb bank

गृहपृष्ठ विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप

विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप

विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप लगाएका छन् ।

मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले राजासंग संवैधानिक राजसंस्था राख्ने सहमति भएपनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको र विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइएको आरोप लगाएका हुन् ।

मुलुकलाई सनातन हिन्दु राष्ट्र बनाउन र संवैधानिक राजसंस्था कायम गर्न आफूहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । थापाले राजनीतिक दलहरूको अकर्मण्यताका कारण मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएकाले जनताले अवस्था र व्यवस्था परिवर्तन चाहेको धारणा राखे ।

उनले सत्ताको खेलको नियम परिर्वतन नभए सम्म भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट जनताले मुक्ति नपाउने जिकिर गरे ।

 

प्रकाशित समय : २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु