nmb bank

गृहपृष्ठ विश्वकप उदघाटन समारोह हुने मेक्सिकोको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

विश्वकप उदघाटन समारोह हुने मेक्सिकोको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

विश्वकप उदघाटन समारोह हुने मेक्सिकोको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले आयोजना गर्ने भएको छ ।

विश्व फुटबल संघ (फिफा)ले उदघाटन खेलको होस्ट सिटीको रूपमा मेक्सिकोको राजधानी मेक्सिको सिटीलाइ गएराती चयन गरेको हो ।

आयोजक मेक्सिकोले ११ जुन २०२६ मा विश्व कपको सबैभन्दा ठूलो संस्करणको उद्घाटनको आयोजना यसै खेल मैदानमा गर्नेछ ।

 

यो एस्टाडियो एज्टेका, मेक्सिको सिटीमा सन १९७०/१९८६ मा दुई विश्वकपका उदघाटन र फाइनलहरू खेलाइएको छ । जहाँ ब्राजिलियन सुपरस्टार पेले र अर्जेन्टियन सुपरस्टार डिएगो म्याराडोनाले यस स्टेडियममा जादु देखाएका थिए, जुन स्टेडियममा अब अर्को जादु देखिनेवाला छ ।

 

यस विश्वकपमा खेलिने १०४ खेलहरू मध्ये पहिलो खेल र उदघाटन समारोह यही हुनेछ ।

 

विश्वकप २०२६ मा कुल १०४ वटा खेल खेलाइने छ । जसमध्ये आयोजक राष्ट्रहरू मेक्सिको, अमेरिका र क्यानडाका १६ स्थानहरूमा खेलाइने फिफाले जनाएको छ ।

 

प्रकाशित समय : १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु