गृहपृष्ठ विप्लव’ का कर्याकर्ताले गरे राईनासका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात
विप्लव’ का कर्याकर्ताले गरे राईनासका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात
नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका कार्यकर्ताले लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गरेका छन् ।
आइतबार बिहान सवा १० बजे प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई नगरपालिका स्थित आफ्नै कार्य कक्षमा काम गरिरहेकै बेला विप्लप समूहका दुईजना कार्यकर्ताले एक्कासी आएर हातपात सहित दुर्व्यवहार गरेको नगरपालिकाले जनाएको छ ।
आफू विप्लव समुहको कार्यकर्ता भनि परिचय दिएका दुई कार्यकर्ताले प्रशासकीय अधिकृत पौडेलसँग कुरा गर्न खोज्दा पौडेलले आफु काममा व्यस्त रहेको र पछि समय दिने जवाफ दिएपछि हामीलाई समय नदिने भन्दै एक्कासी हातपात गरेको नगरपालिका स्रोतले बताएको छ ।
घट्ना लगत्तै नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले एक विज्ञप्ती निकाल्दै यस घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । यस घट्नाले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्दै सेवामा खटिएका कर्मचारीहरुको असुरक्षा बढेको भन्दै सेवामा कर्तव्यनिष्ट कर्मचारीको मनोवल गिराउने कार्य प्रति घोर भत्र्सना गरेका छन् । कर्मचारीहरुले विज्ञप्ती मार्फत यस घटनाले निर्धक्क भएर जनताको सेवा प्रवाह गर्ने अवस्था नभएको भन्दै आगामी दिनमा कार्यस्थलको सुरक्षको प्रत्याभूति दिलाउन, भयरहित सहज वातावरणमा सेवा प्रवाह सुनिश्चितताका लागि माग गरेका छन् ।
उनीहरुले घट्नाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न समेत माग गरेका छन् । यता घट्नामा संलग्नहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : २३:११ बजे