nmb bank

गृहपृष्ठ संसद्को हिउँदे अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची

संसद्को हिउँदे अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची

संसद्को हिउँदे अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक भोलि (सोमबार) अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको छ ।

साथै, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको छ । त्यसैगरी, सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ अनुसार बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची तय भएको छ।

418941502_7047324145335827_3743996640240630927_n

 

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु