nmb bank

गृहपृष्ठ रोकिएन शेयर बजारको ओरालो यात्रा, आज ५ अंकको गिरावट

रोकिएन शेयर बजारको ओरालो यात्रा, आज ५ अंकको गिरावट

रोकिएन शेयर बजारको ओरालो यात्रा, आज ५ अंकको गिरावट

साताको पहिलो कारोबाको दिन शेयर बजार ओरालो लागेको छ । अघिल्लो साता पनि भारी अंकले ओरालो लागेको शेयर बजार यस साता पनि ओरालो गतिमा देखिएको हो ।

आइतबार नेप्से परिसुचक ५ दशमलव ३१ अंकले घटेको छ । परिसुचक शुन्य दशमलव २५ प्रतिशतले घटेर २०६१ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको मुल्य बढेको छ भने १३२ कम्पनीको मुल्य घटेको छ ।

आज ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ११ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले ८ दशलमव २० प्रतिशतका दरले कमाएका छन् । भवगवती हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु