nmb bank

गृहपृष्ठ महिन्द्रा केयर फेस्ट–२०२४ आजबाट सुरु

महिन्द्रा केयर फेस्ट–२०२४ आजबाट सुरु

महिन्द्रा केयर फेस्ट–२०२४ आजबाट सुरु

नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले आजबाट महिन्द्रा केयर फेस्ट–२०२४ को आयोजना गरेको छ । उक्त केयर फेस्टको उद्घाटन कम्पनीकी ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का र अग्नी ग्रुपका कायकारी निर्देशक अर्जुन प्रसाद शर्मा लयागत विभिन्न व्यक्तिहरुले सययुंक्त रुपमा गरेका छन् ।

आजदेखि २६ माघसम्म देशव्यापी आयोजना हुने केयर फेस्टमा कम्पनीले उपलब्ध गराउने विभिन्न सेवादेखि लिएर लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने छ ।

४५–पोइन्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री वासिङ, फ्री हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटका साथसाथै अन्य उपहार पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

देशभरका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लेख सहभागिता रहने विश्वास गरेको छ ।

ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको जनाइएको छ । साथै महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर रहेको र यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु