nmb bank

गृहपृष्ठ विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले राजीनामा दिएका छन् ।

उनले पदबाट किन राजीनामा दिए त्यस बारे पूर्ण विवरण बाहिर आएको छैन । विमानस्थलमा केही दिन यता प्रहरी र अध्यागमन कार्यालयका अधिकृतबिच असामान्य परिस्थिति उत्पन्न भएपछि डिआइजी चन्द विवादमा तानिएका थिए ।

यस विषयमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम ढकालसँग सम्पर्क राख्दा उनले यस विषयमा आफूलाई केही जानकारी नभएको बताए ।

उनलाई गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल रहे पनि उनले राजीनामा दिएका हुन्।

 

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु