nmb bank

गृहपृष्ठ रास्वपाको दबाब अभियान भोलिदेखि २१ चैतसम्म चल्ने

रास्वपाको दबाब अभियान भोलिदेखि २१ चैतसम्म चल्ने

रास्वपाको दबाब अभियान भोलिदेखि २१ चैतसम्म चल्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ भोलि (आइतबार)देखि २१ चैतसम्म चल्ने भएको छ ।

यसअघि नै २१ माघदेखि अभियान सुरु गर्ने तय गरे पनि रास्वपाले अवधिको टुंगो लगाइसकेको थिएन । २१ चैतसम्म तय भएको अभियान पहिलो चरणको हो । रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाब अभियानको सिन्धुपाल्चोकको मेलम्चीबाट रास्वपाका सभापति रवि लामिछानेले सुरु गर्दैछन् ।

मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् ।दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

 

प्रकाशित समय : १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु