nmb bank

गृहपृष्ठ प्रियंका र निकले किन छोडे करोडौंको घर ?

प्रियंका र निकले किन छोडे करोडौंको घर ?

प्रियंका र निकले किन छोडे करोडौंको घर ? BLOEMFONTEIN, SOUTH AFRICA - FEBRUARY 02: Dev Khanal of Nepal plays a shot during the ICC U19 Men's Cricket World Cup South Africa 2024 Super Six match between India and Nepal at Mangaung Oval on February 02, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

अभिनेत्री प्रियंका चोपडा र निक जोनसले आफ्नो लस एन्जल्सस्थित घर छोडेका छन् । प्रियंका र निकले सन् २०१९ मा करिब २ करोड डलरमा किनेका थिए ।

मिडिया रिपोर्टका अनुसार प्रियंका र निक यस सम्पत्तीमा पानीको क्षतिको कारण समस्याको सामना गरिरहेका थिए । पाइप चुहावटका कारण उनको घरको भित्तामा ओसिलोपन देखिन थालेपछि उनीहरुले घर छोडेको बताइएको छ । यस विषयमा प्रियंका दम्पतिले आफ्नो किनेको कम्पनिविरुद्ध मुद्दा समेत दायर गरेका छन् ।

यस घरमा प्रियंका चोपडा आफ्ना पति निक जोनस र छोरी मालतीसँग बस्छिन् । यस लक्जरी सम्पत्तीमा ७ शयनकक्ष, ९ बाथरूम, तापमान नियन्त्रित वाइन सेलर, शेफको किचन, होम थिएटर, बलिङ्ग गल्ली, स्पा, स्टीम शावर, जिम र बिलियर्ड कोठा रहेको छ ।

यस समस्याबाट भएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने दम्पतीले माग गरेका छन् । रिपोर्टहरूका अनुसार मुद्दामा क्षतिग्रस्त वस्तुहरूको मर्मत खर्चको क्षतिपूर्तिको माग गरिएको छ । यो घरको मर्मत गर्न करिब १५ लाख डलरदेखि २५ लाख डलरसम्म खर्च लाग्ने बताइएको छ ।

अहिले प्रियंका र निक छोरीलाई लिएर अर्को घरमा बसेका छन् ।

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु