nmb bank

गृहपृष्ठ ५ किलो नुन किन्न २ दिनको यात्रा, नागरिकता अनिवार्य !

५ किलो नुन किन्न २ दिनको यात्रा, नागरिकता अनिवार्य !

५ किलो नुन किन्न २ दिनको यात्रा, नागरिकता अनिवार्य !

शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन हुन्छ । १० वर्ष अघिसम्म नुन लिन हाट जाने उनी अहिले एक दिन हिँडेर कालिकोटको सदरमुकाम मान्म आउने गरेकी छन्।

उनले ९ रुपैयाँ किलोको नुन किन्न आतेजातेमै एक हजार पाँच सय रुपैयाँ खर्च गरिन्। ‘मान्म डिपोबाट २० किलो जति नुन लैजाने मन थियो।’ तर, ५ किलो मात्रै दिने नियम बनाएको रहेछ’, केही समय लाइन लागेर ५ किलो पाएकी उनले गुनासो पोखिन्, ‘सबै हिसाब गर्ने हो भने एक किलो नुनको २ सय रुपैयाँभन्दा बढी पर्‍यो।’

 

पिठ्युँमा बच्चा च्यापेर नुन लिन आएकी शाहीले गुनासो पोखिन्, ‘नुन लिन आउँदा पाँच छ पोका भन्दा धेरै दिँदैनन्। कति दिन चलाउनु, बजारको नुन महँगो छ।’

ठूलो घर परिवारमा ५ केजी नुन अभाव देखिएको तिलागुफा ७ छाप्रेका गगन बहादुर शाही बताए। उनले भने ‘पहिला गाई बस्तु, भेडा बाख्रालाई खुवाउन धेरै सस्तो हुन्थ्यो। तर अहिले नुन ५ केजी मात्र मिल्दा सास्ती भएको छ।’

स्थानीय तहमा नै नुन वितरण भएको भए यती सास्ती नहुने उनको भनाई छ। उनले मान्म पुगेर घर फर्कँदा सम्म १६ सय खर्च गरी ५० रुपैयाँको नुन पाउँदा दुःख लागेको सुनाए।

शुक्रबार नुन लिन मान्म स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड पुगेका उनले भने ‘केही पैसा बचत होला भनेर आयोडिन नुन लिन आएको उल्टै धेरै पैसा खर्च भयो। ५ केजी नुन लिएर कसरी घर फर्कनु ?’ उनले आफैलाई प्रश्न गरे ।

प्रकाशित समय : ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु