nmb bank

गृहपृष्ठ मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात

मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात

मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात

मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा आज साँझ हिमपात भएको छ ।

दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन् ।

इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझदेखि हिमपात सुरु भएको जानकारी दिए । राति थप हिमपात भए त्रिभुवन राजपथ अवरुद्ध हुने सम्भावना रहेको उनको भनाइ छ ।

दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ ।

पछिल्लो समय थानकोटबाट चन्द्रागिरि हँुदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सीमभञ्ज्याङसम्म साइकलमा यात्रा गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।

यस्तै चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी बिदुर न्यौपानेले जानकारी दिए।

 

प्रकाशित समय : ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु