nmb bank

गृहपृष्ठ माउन्ट एभरेष्ट पावरको शेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

माउन्ट एभरेष्ट पावरको शेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

माउन्ट एभरेष्ट पावरको शेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि माउन्ट एभरेष्टले जारी पूँजीको ३० प्रतिशत हुने २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्कासनको तयारी गरेको छ ।

सम्झौतापत्रमा माउन्ट एभरेष्टका अध्यक्ष अर्जुनप्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । माउन्ट एभरेष्टले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

सोलुखुम्बुस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताइएको छ । एनआइएमबि एस क्यापिटलले माउन्ट एभरेष्टका साधारण शेयर सार्वजनिक निष्कासन तथा व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु