गृहपृष्ठ बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा उपेन्द्र पौडेल चयन
बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा उपेन्द्र पौडेल चयन

बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन्। पवनकुमार गोल्यानले राजीनामा गरेपछि पौडेल अध्यक्ष भएका हुन्।
गोल्यान एनएमबि बैंकका अध्यक्ष हुन्। उनी त्यहाँबाट पनि बाहिरिँदैछन्। त्यही भएर उनले परिसंघ छाडेका हुन्।
पौडेले नबिल बैंकका अध्यक्ष हुन्। उनी नबिलअघि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। त्यतिबेलै उनी प्रमुख कार्यकारी अधिकृतहरुको संगठन बैंकर्स संघको अध्यक्ष पनि भएका थिए।
सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एउटा फाइनान्स कम्पनीलाई बैंक बनाउन भूमिका खेलेका थिए।
प्रकाशित समय : १६:४७ बजे