गृहपृष्ठ राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि परेको रिट शुष्मालता माथेमाको एकल इजलाशमा
राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि परेको रिट शुष्मालता माथेमाको एकल इजलाशमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्द सर्वोच्च अदालतमा दायर भएको रिटमा आज शुक्रबार सुनुवाई हुँदै छ । आज न्यायाधीश शुष्मालता माथेमाको एकल इजलाशमा उक्त रिटको पेशी तोकिएको छ । सो इजलाशको तेस्रो नम्बरमा गभर्नर विरुद्द परेको रिटको पेशी रहेको छ ।
बिहिबार जोशी ल एण्ड एसोसिएट्सका अधिवक्ता दिपकराज जोशी , ठकुाराठी एशोसिएट्सका अधिवक्ता प्रतापसिंह ठकुराठी , विप्स ल एसोसिएट्स प्रा।लि का संचालक अधिवक्ता दामोदर तिम्सिना र चुडामणी भण्डारीले संयुक्त रुपमा रिट दायर गरेका हुन् ।
उनीहरुले गभर्नरको योग्यता माथि प्रश्न उठाउदै रिट दायर गरेका हुन् । राष्ट्र बैंकको गभर्नर बन्न स्नातकोत्तर गरेको हुनु पर्ने व्यवस्था छ । तर गभर्नरले सीए गरेको र सीएको उपाधिले हालसम्म पनि स्नातकोत्तर सरह मान्यता नपाएकोले गभर्नरको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । उनको योग्यता नपुगेकोले अधिकारीलाई गभर्नर नियुक्त गर्ने मिति २०७६।१२।२४ को निर्णय बदर गर्न रिटमा माग गरिएको छ ।
गर्भनर पदमा अयोग्य व्यक्ति नियुक्त भई आफुअनुकुलका कार्यहरु गरिरेको र रिटको विषयलाई समेत ध्यानमा राखी यसको गम्भिर्यतालाइ समेत हेरी सुनुवाईको लागि अग्राधिकार समेत दिलाई पाउन रिटमा माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय , अर्थ मन्त्रालय , राष्ट्र बैँक , नेपाल राष्ट्र बैँक संचालक समिति र गभर्नर महाप्रसाद अधिकारीलाई विपक्षी बनाईएको छ ।
प्रकाशित समय : १२:१७ बजे