nmb bank

गृहपृष्ठ यु–१९ एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

यु–१९ एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

यु–१९ एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानको युवा टोलीसँग ७ विकेटले पराजित भएको हो ।

नेपालल देखिएको १५३ रनको विजय लक्ष्य पाकिस्तानी युवा टोलीले २६.२ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । पाकिस्तानको जितमा । अजान अवैसले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै कप्तान साद बेगले पनि अर्धसतकीय पारी खेले उनले पनि टोलीका लागि ५० रनको पारी खेले । त्यस्तै मोहम्मद जिशानले पनि २० रनको योगदान दिए । नेपालका लागि गुल्सन झाले दुई विकेट लिए । आकाश चन्दको नाममा एक विकेट रहयो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलि ४७ ओभ २ बलमा १५२ रनमा अलआउट भएको थियो । नेपालका लागि उत्तम मगरले अर्धशतकीय पारी खेले । उनले टोलिका लागि सर्वाधिक ५१ रनको योगदान दिए । त्यसैगरी, दिपेश कँडेलले ३१ रन र अर्जुन कुमालले २१ रनको योगदान दिए । अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन । निकै आस गरिएका कप्तान देव खनालले आजको खेलमा खाता समेत खोल्न सकेनन् । सिनियर टोलिबाट समेते खेलको अनुभब भएका गुल्सन झा पनि १ रनमा पेवेलियन फर्किए ।

नेपाली टोलिलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद जिशानले सर्वाधिक ६ विकेट लिए । त्यस्तै अमिर हसनले पनि २ विकेट लिए । नेपाल रहेको समूहमा पाकिस्तान सहित भारत र अफगानिस्थान रहेको छ । नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु