nmb bank

गृहपृष्ठ यु–१९ एसिया कप क्रिकेट : नेपाललाई तेस्रो सफलता

यु–१९ एसिया कप क्रिकेट : नेपाललाई तेस्रो सफलता

यु–१९ एसिया कप क्रिकेट : नेपाललाई तेस्रो सफलता

एसिसी यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका लागि तेस्रो विकेट आकाश चन्दले लिए । उनले कप्तान साद बेगलाई ५० रनमा आउट गरेका हुन् ।

नेपालका लागि सुरुका दुइ विकेट गुल्सन झाले लिएका थिए । १५३ रनको विजय लक्ष्य पछ्याएको पाकिस्तानले यो समाचार तयार पार्दासम्म ३ विकेट गुमाएर १३१ रन बनाएर खेलिरहेको छ । अब जितका लागि पाकिस्तानलाई २२ रन चाहिएको छ ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १ सय ५२ रनमा अलआउट भयो । नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाएका थिए । त्यसैगरी, दिपेश कँडेलले ३१ रन र अर्जुन कुमालले २१ रनको योगदान दिए । पाकिस्तानका लागि भने मोहम्मद जिशानले सर्वाधिक ६ विकेट लिए । नेपाल रहेको समूहमा पाकिस्तान सहित भारत र अफगानिस्थान रहेका छन् ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु