nmb bank

गृहपृष्ठ एनसेल प्रकरणबारे जानकारी लिन राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने

एनसेल प्रकरणबारे जानकारी लिन राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने

एनसेल प्रकरणबारे जानकारी लिन राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने

राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल प्रकरणमा जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकमा एनसेलको शेयर खरिदविक्रिबारे छलफल भएको थियो ।

सो क्रममा नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले एनसेलको शेयर विक्रिमा राजनीतिक र प्रशासनिक साँठगाँठ भएको हुनसक्ने आशंका व्यक्त गरेका थिए । नेकपा एकिकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले पनि एनसेलको शेयर खरिद विक्रि नाटक मात्रै भएको बताएका थिए । त्यस्तै समितिका अन्य सांसदहरुले पनि शेयर खरिद प्रकरणमा शंका व्यक्त गर्ने ठाउँ प्रशस्त रहेको खुलाएका थिए ।

उक्त छलफलपछि प्रधानमन्त्रीको समय मिलाएर छलफलको मिति तय गरिने समितिका सभापति राहमहरि खतिवडाले बताए ।

 

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु