nmb bank

गृहपृष्ठ सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारकाे तुलनामा आजको मूल्य तोलाको १ हजार ८०० रुपैयाँले बढी हो । जुन अहिले सम्मकै उच्च मूल्य हो ।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलाको १५ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा ५ रुपैयाँले बढेर १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित समय : ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु