nmb bank

गृहपृष्ठ एक खेल अगावै अस्ट्रेलियाविरूद्धको सिरिज भारतलाई

एक खेल अगावै अस्ट्रेलियाविरूद्धको सिरिज भारतलाई

एक खेल अगावै अस्ट्रेलियाविरूद्धको सिरिज भारतलाई

अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० आई सिरिज भारतले जितेको छ । शुक्रबार चौथो टि–२० आई खेलमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै ३–१ ले अघि हुँदै भारतले उपाधि जितेको हो ।

सिरिजको चौथो खेलमा जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । उसका लागि कप्तान म्याथ्यु वेड २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनमा नट आउट रहे ।

त्यस्तै ओपनर ट्रविस हेडले ३१, बेन म्याकमरमोट र टिम डेविड १९–१९ तथा म्याथ्यस सर्टले १८ रन बनाए । अन्य कुनैपनि ब्याटरले आक्रामक ब्याटिङ गर्न सकेनन् ।

बलिङतर्फ भारतका स्पिनर अक्षर पटेलले ३ विकेट ,दीपक चाहरले २ तथा रवि विश्रोई र आवेश खानले १–१ विकेट लिए ।

त्यसअघि रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो ।

भारतका लागि रिंकु सिंहले २९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै ओपनर यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे ।

अस्ट्रेलियाका लागि तीव्र गतिका बलर बेन ड्वाशिुसले ३, जेसन बेहरेन्डोर्फ र, तनवीर सांघाले २–२ विकेट लिए ।

पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ ।

प्रकाशित समय : ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु