nmb bank

गृहपृष्ठ ग्राउन्ड ह्यान्डिलिङमा नेपाल एयरलाइन्सको एकाधिकार तोडियो

ग्राउन्ड ह्यान्डिलिङमा नेपाल एयरलाइन्सको एकाधिकार तोडियो

ग्राउन्ड ह्यान्डिलिङमा नेपाल एयरलाइन्सको एकाधिकार तोडियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डिलिङ सेवामा पाएको एकाधिकार तोडिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवा प्रतिस्पर्धाको आधारमा मात्रै दिने निर्णय गरेपछि एकाधिकार तोडिएको हो।

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित, भैरहवा र पोखरा विमानस्थलको समेत ग्राउन्ड हेन्डिलिङ गर्दै आएको छ।

हालसम्म नेपाल एयरलाइन्सले बिना प्रतिस्पर्धा यो सेवा लिइरहेको थियो ।

अब प्राधिकरणको नयाँ नियमावली अनुसार सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत् गराइने छ ।

प्रकाशित समय : १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु