nmb bank

गृहपृष्ठ बंगलादेश विरुद्धको पहिलो टेष्टमा न्यूजिल्याण्ड हार नजिक

बंगलादेश विरुद्धको पहिलो टेष्टमा न्यूजिल्याण्ड हार नजिक

बंगलादेश विरुद्धको पहिलो टेष्टमा न्यूजिल्याण्ड हार नजिक

पाहुना टोली न्यूजिल्याण्ड घरेलु टोलि बंगलादेश विरुद्धको पहिलो टेष्टमा पराजय नजिक पुगेको छ । सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जितका लागि ३३२ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड चौथो दिनको खेल सकिदा ७ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सकेको छ । यो अवस्थामा पाहुना टोलिलाई जितका लागि २१९ रनको आवश्यकता छ र उसको ३ विकेट मात्रै बाँकी छ ।

भ्रमणकारी टोलीका लागि दोस्रो पारीमा डेरिल मिचेल सर्वाधिक ४४ रनमा क्रिजमा रहेका छन् । त्यस्तै डेभन कन्वेले २२ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । न्यूजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा घरेलु टोलिका लागि ताइजुल इस्लाम सर्वाधिक ४ विकेट लिए । त्यस्तै शरीफुल इस्लाम, मेहदी हसन मिराज र नईम हसन समान १–१ विकेट लिए ।

यस अघि बंगलादेशले दोस्रो पारीमा ३३८ रन बनाए पछि न्यूजिल्याण्डले सो लक्ष्य पाएको थियो । दोस्रो पारीमा बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तो शतकीय पारी खेले । उनले १०५ रनको योगदान दिए । त्यस्तै मुस्फिकुर रहिम र मेहदी हसन मिराजले पनि अर्धसतकीय पारी खेले । रहिमले ६७ रन बनाए भने मिराजले ५० रनको योगदान दिए ।

दोस्रो पारीमा न्यूजिल्याण्डका अजाज पटेलले सर्वाधिक ४ विकेट लिए । त्यस्तै इस सोढीले २ विकेट लिए भने टिम साउथी र ग्लेन फिलिप्सले समान १–१ विकेट लिए । यस अघि न्यूजिल्याण्डले पहिलो पारीमा ३१७ रन बनाएको थियो । जबाफमा बंगलादेशले ३१० रन बनाएको थियो । यी दुई देश बीच दुई खेलको टेष्ट सिरिज भइरहेको छ ।

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु