nmb bank

गृहपृष्ठ इमर्जिङ्ग नेपालको आठौँ वार्षिक साधारणसभा सम्पन्न

इमर्जिङ्ग नेपालको आठौँ वार्षिक साधारणसभा सम्पन्न

इमर्जिङ्ग नेपालको आठौँ वार्षिक साधारणसभा सम्पन्न

इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारणसभा बानेश्वर ब्याङक्वेट, थापागाँउ, नयाँ बानेश्वर काठमाण्डौँमा सम्पन्न भएको छ ।

उक्त सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी सभाले ८.४२१०५% (आठ दशमलव चार दुई एक शुन्ना पाँच प्रतिशत) ले हुने रकम रु ४,६७,८७,३६८.४२ (अक्षेरुपी चार करोड सतसठ्ठी लाख सतासी हजार तीन सय अड्सठ्ठी र बयालिस पैसा मात्र) नगद लाभाशं ( कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्नेछ ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु