global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाली रुपैयाँ इतिहासकै कमजोर, अर्थतन्त्रमा कस्तो पर्छ असर ?

नेपाली रुपैयाँ इतिहासकै कमजोर, अर्थतन्त्रमा कस्तो पर्छ असर ?

नेपाली रुपैयाँ इतिहासकै कमजोर, अर्थतन्त्रमा कस्तो पर्छ असर ?

नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा थप कमजोर बनेको छ । नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा इतिहासकै सबैभन्दा कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि जारी गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा र खरिददर १३३ रुपैयाँ १४ पैसा पुगेको हो ।

डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा असर गर्ने गरेको छ । आयातमुखी अर्थतन्त्र नेपाल जस्तो देशलाई डलरको मूल्य बढ्दा सबै क्षेत्रमा प्रभाव पर्छ । डलरको मूल्य बढ्दा नेपालीको भान्सा नै महंगो हुने अर्थविदहरुको भनाइ छ । केही मात्रामा विदेशबाट आउने रेमिट्यान्स र विदेशी पर्यटकको आवागमनलेबाट हुने आम्दानी केही मात्रामा बढ्ने भए पनि समग्र रुपमा नेपाली बजारलाई नकारात्मक प्रभाव नै पर्छ ।

डलरको मूल्य बढ्दा सबै क्षेत्रमा यसको प्रभाव पर्ने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टको भनाइ छ । हाम्रो आफ्नो उत्पादन छैन । सबै आयात गरेर धान्नु पर्ने अवस्था भएकाले अर्थतन्त्रमा नकारात्मक असर गर्छ,’ उनले भने, ‘बाहिरबाट हेर्दा रेमिट्यान्स बढेको जस्तो देखिन्छ । तर डलरको मूल्य वृद्धि हुँदा हामीले विदेशी ऋणको साँवा र ब्याज पनि धेरै नै तिर्नु पर्छ ।’

डलरको मूल्य बढ्दा निर्यात धेरै भएको खण्डमा फाइदा लिन सकिने भए पनि नेपालको अर्थतन्त्र आयातमुखी भएकाले यसबाट बेफाइदा नै हुने उनको भनाइ छ । मूल्य वृद्धि भए पछि त्यसलाई रोक्नका लागि ब्याजदर बढाउनु पर्छ । यसैले गर्दा सबै क्षेत्रमा यसले बेफाइदा नै गर्छ,’ उनले भने ।

डलरको मूल्य बढ्दा रेमिट्यान्स क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा सामान्यतः खाडी मुलुकका मुद्राको भाउ पनि बढ्ने गरेको छ । जसले गर्दा नेपालमा रेमिट्यान्सले धेरै भाउ पाउँछ । आन्तरिक रुपमा लाभ देखिए पनि वैदेशिक मुद्रा बजारमा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ ।

अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा आयातित वस्तुका लागि धेरै विदेशी मुद्रा खर्चिनु पर्ने भएकाले समग्रमा नेपाललाई नोक्सान नै हुन्छ ।

डलरको मूल्य बढ्दा वैदेशिक ऋणको साँवा र ब्याज तिर्नका लागि महंगो पर्न जान्छ । यसरी हेर्दा समग्रमा नेपालको अर्थतन्त्रमा डलरको मूल्य बढ्दा नकारात्मक असर पर्छ ।

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु