nmb bank

गृहपृष्ठ बैंकिङ क्षेत्रमा समस्या छैन, व्यवसायीले घाँटी हेरेर कर्जा लिनु पर्छ : गभर्नर अधिकारी

बैंकिङ क्षेत्रमा समस्या छैन, व्यवसायीले घाँटी हेरेर कर्जा लिनु पर्छ : गभर्नर अधिकारी

बैंकिङ क्षेत्रमा समस्या छैन, व्यवसायीले घाँटी हेरेर कर्जा लिनु पर्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा समस्या नभएको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

‘बैंकिङ्ग क्षेत्रमा समस्या छैन । व्यवस्थापन गर्न सकिने अवस्था छ । आर्थिक क्षेत्रमध्ये फिस्कल पोलिसिमा समस्या भएपनि अन्य क्षेत्रमा समस्या छैन,’ गभर्नर अधिकाारीले भने ।

आन्तरिक उत्पादन वृद्धि नुहँदा नै अर्थतन्त्र आयातमा निर्भर हुनुपरेको उनले बताए । ‘हाम्रो समाजमा नकारातणमक कुरा बढी बाहिर ल्याउने प्रवृती बढ्दो छ । आफ्नो काम नगर्ने, अरूले गरेको कामको ज्यादा टिप्पणी हुन्छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । आन्तरीक उत्पादन नबढ्दा नै अर्थतन्त्र इम्पोर्टमा निर्भर छ,’उनले भने ।

बैंकहरुले बढी ब्याज लिएको भएका तत्काल कारबाही गर्ने उनको भनाइ छ । ‘व्यक्तिगत रुपमा व्यवसायीहरुलाई समस्या परेको छ । आफ्नो घाँटी नहेरी कर्जा लिने अनि समस्यामा परियो भन्ने ? व्यवसायीहरु बैंकले १८ प्रतिशत ब्याज लिएको भन्नु हुन्छ, तर बैंकको स्टेटमेन्ट लिएर आउनुहोस्, हामी तत्काल कारबाही गर्छौ,’ उनले भने ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु