nmb bank

गृहपृष्ठ पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने

पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने

पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने

जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसका कारण चिसो महसुस गरिएको छ ।

विभागका अनुसार अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ ।

आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

वाग्मती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३६ मिनेट तथा सूर्यास्त ५ बजेर ८ मिनेटमा हुनेछ ।

प्रकाशित समय : ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु