गृहपृष्ठ रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले
रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई पार्टी उपसभापतिमा मनोनयन गरेको छ।
महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरी वाग्लेलाई उपसभापति मनोनयन गरेको नेता मुकुल ढकालले जानकारी दिए।
यस्तै उनका अनुसार बैठकले १२ सदस्यीय पार्टी सचिवालय पनि गठन गरेको छ। साथै तीन सहप्रवक्ता थप गरेको छ। मनिष झा, प्रतिभा रावल, र रमेश प्रसाईंलाई पार्टीको सहप्रवक्ता मनोनयन गरेको नेता ढकालले जानकारी दिए।
अनिल केशरी शाह, राजन गौतम,डा.नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। यस्तै पार्टीका तर्फबाट प्रतिनिधिसभाका सबै सांसदलाई पनि रास्वपाले पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।
यी निर्णयसँगै रास्वपाको संसदीय दल र केन्द्रीय सदस्यको तीन दिने संयुक्त बैठक बुधबार साँझ समापन भएको छ।
प्रकाशित समय : १८:४६ बजे