nmb bank

गृहपृष्ठ ४ महिनामा ८ करोड ५४ लाख राजस्व संकलन

४ महिनामा ८ करोड ५४ लाख राजस्व संकलन

४ महिनामा ८ करोड ५४ लाख राजस्व संकलन

करदाता सेवा कार्यालय चरिकोटले चालु आर्थिक वर्षको साउन देखी कात्तिक मसान्तसम्म ४ महिनाको अवधिमा ८ करोड ५४ लाख भन्दा धेरै आन्तरिक आम्दानी गर्न सफल भएको छ ।

कार्यालयले साउन देखी कात्तिकसम्म ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व संकलन गरेको करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले बताएकी हुन् ।

कार्यालय यो ४ महिनाको अवधिमा बैंक भौचरबाट ४ करोड ९५ लाख ५७ हजार रुपैयाँ र ई पेमेन्टबाट ३ करोड ५९ लाख २१ हजार २ सय ९२ रुपैयाँ राजस्व संकलन भएको गौतमले बताइन् ।

कार्यालयले आयकर, पारिश्रमिक आयकर, पुँजीगत लाभ कर व्यक्तिगत, आयकर सरकारी प्रतिष्ठान, आयकर पब्लिक,आयकर प्रालि, सामाजिक सुरक्षा कर, बहाल कर,मूल्य मुअ कर, ब्याज कर,अन्त: शुल्क औद्योगिक उत्पादन कर, मदिरा कर, सुर्तीजन्य पदार्थ कर, सञ्चार बिमा कर लगायतका राजस्व शीर्षकबाट ७ करोड ५२ हजार राजस्व संकलन गरेको हो । त्यस्तै कात्तिक महिनामा मात्रै १ करोड ५४ लाख २६ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा वृद्धि हुने कार्यालयले अनुमान गरेको छ ।

 

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु