nmb bank

गृहपृष्ठ बीमाको आवश्यकता कर्णाली र मधेश प्रदेशमा बढी छ : अध्यक्ष सिलवाल

बीमाको आवश्यकता कर्णाली र मधेश प्रदेशमा बढी छ : अध्यक्ष सिलवाल

बीमाको आवश्यकता कर्णाली र मधेश प्रदेशमा बढी छ : अध्यक्ष सिलवाल

बीमाको आवश्यकता शहरि क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा बढी रहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाले बताएका छन् । न्यूज कारोबारसँगको कुराकानीका क्रममा अध्यक्ष सिलवाले शहरमा भन्दा ग्रामिण क्षेत्रका बीमाको बढी महत्व रहेको बताएका हुन् ।

‘शहरमा बीमाको आवश्यकता नै छैन भन्ने होइन । सबै क्षेत्रमा बीमाको उत्तिकै आवश्यकता रहेको छ । त्यसमा पनि विशेष गरेर ग्रामिण क्षेत्रमा बीमाको महत्व धेरै छ,’ उनले भने । कर्णाली प्रदेश पुगेर फर्किएका सिलवालले त्यहाँ बीमाको पँहुच निकै कम मात्रै रहेको बताए । जोखिमको हिसाबले कुरा गर्दा बिपन्न वर्गका नागरिकहरुलाई बढी जोखिम हुने भन्दै उनीहरुलाई बीमाको दायरामा ल्याउनु पर्ने उनले बताए ।

‘कर्णालीमा केही समय अघि भुकम्प गयो । त्यसले धनजनको क्षति भयो । क्षतिका कारण विपन्न वर्गका नागरिकहरु बढी पिडित भएको भन्दै बीमा गरेको भए आर्थिक रुपमा राहत मिल्ने थियो,’ उनले भने । अब बीमा प्राधिकरणले कर्णाली र मधेश प्रदेशमा धेरै बीमाका कार्यक्रमहरु सञ्चालन गर्ने उनको भनाइ छ । ‘जो सँग स्रोत साधन छ उसले बीमा नगरेको अवस्था छ । जसलाई सबैभन्दा बढी बीमाको आवश्यकता छ उसँग स्रोत साधान अर्थात आर्थिक छैन । म भर्खरै मात्र कर्णाली पुगेर आएँ । त्यहाँको अवस्था पनि मैले यस्तै पाएँ । यस प्रति हामीले विशेष योजना बनाएर अघि बढ्नु पर्ने आवश्यकता छ,’ उनले भने ।

बीमा प्राधिकरणले पनि दुर्गम क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने र बीमा कम्पनीहरुलाई पनि त्यहाँ जानका लागि निर्देर्शीत गर्ने काम गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । गरिब परिवारलाई सामूहीक रुपमा नै सरकारले बीमा गराइदिनु पर्ने उनले बताए । बीमाका विषयमा आम नागरिकलाई बुझाउन पनि जरुरी रहेको उनको भनाइ छ ।

कर्णाली प्रदेश अरु कुरा जस्तै बीमा गराउनेको जनसंख्याको आधारमा पनि पछि नै रहेको छ । यो प्रदेशमा जीवन बीमा गराउनेको संख्या चालू आर्थिक वर्षको असोज मसान्तसम्मको विवरण अनुसार १ लाख ७५ हजार २०३ जना रहेको छ । त्यस्तै निर्जीवन बीमा तर्फ कर्णाली प्रदेशमा जम्मा १० हजार ९०८ बीमा लेख जारी भएका छन् । असोज मसान्तसम्मको विवरण अनुसार जीवन बीमा तर्फ १ करोड ३८ लाख ६७ हजार ५८१ र निर्जीवन बीमा तर्फ ६ लाख ८४ शजार ४३६ बीमा लेख जारी भएका छन् ।

२०७८ सालको जनगणना अनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८८९ रहेको छ । यसरी हेर्दा कर्णाली प्रदेशको जम्मा जनसंख्याको १०.३३ प्रतिशत नागरिकले बीमा गरेका छन् । जुन प्रदेश आर्थिक रुपमा कमजोर र पिछडीएको त्यो क्षेत्र बीमा गराउनेको संख्या कम भएकाले त्यहाँ कुनै पनि किसिमको दुर्घटना वा विपती हुँदा बढी त्यसको क्षतिपूर्ति गर्नका लागि निकै गाह्रो हुने अध्यक्ष सिलवालको भनाइ छ ।

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु