nmb bank

गृहपृष्ठ सरकारले पर्यटक भित्र्याउने कार्यक्रमहरु ल्याउन जरुरी छ : अध्यक्ष चुके

सरकारले पर्यटक भित्र्याउने कार्यक्रमहरु ल्याउन जरुरी छ : अध्यक्ष चुके

सरकारले पर्यटक भित्र्याउने कार्यक्रमहरु ल्याउन जरुरी छ : अध्यक्ष चुके

होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेले सरकारले बढीभन्दा बढी पर्यटक भित्र्याउने योजना ल्याउनु पर्ने बताएका छन् । पर्यटकको आवागमन बढ्दा होटल व्यवसाय पनि बढ्ने भएकाले राज्यले त्यस तर्फ ध्यान दिनु पर्ने उनले बताएका हुन् ।

अहिले पर्यटकको आवागमन केही मात्रामा बढेको भन्दै अहिलेको अवस्था निरन्तर भएको खण्डमा होटल व्यवसायीहरुमा उत्साह थपिने अध्यक्ष चुकेकको भनाइ छ । अहिले आन्तरिक र बाह्य पर्यटकले पर्यटकीय क्षेत्रका होटलहरुमा राम्रो व्यवसाय भइरहेको उनले जानकारी दिए । ‘तिहार पछिको समयमा पर्यटकको आवागमन बढेको छ । व्यवसाय पनि राम्रो नै छ । तर यो अवस्था जारी रहेमा व्यवसायीमा उत्साह थपिन्छ,’ उनले भने ।

कोरोना र आर्थिक मन्दीका कारणले गर्दा व्यवसायीहर पलायन नै भएको अवस्था छ । पलायन भएर विदेश नै गएका व्यवसायीहरुलाई यो व्यवसायमा नै फर्काउन सक्ने अवस्था नभए पनि यो क्षेत्रमा रहेका व्यवसायीहरुलाई भने टिकाउन सकिने अवस्था रहेको उनको भनाइ छ । अहिले पर्यटन बोर्ड मार्फत केही काम भएको भए पनि स्थानीयदेखि संघीय सरकारले पनि पर्यटक भित्र्याउने कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने अध्यक्ष चुकेको भनाइ छ । ‘होटल व्यवसाय भनेको प्रत्यक्ष रुपमा पर्यटकसँग जोडिने भएकाले पर्यटक प्रवद्र्धनमा ध्यान दिन सकेको खण्डमा यो व्यवसाय चलायमान बन्न सक्छ,’ उनले भने ।

राज्यले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने देखि लिएर सडक सञ्जालको विस्तार पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो । अर्गानिक खानेकुरामा ध्यान दिन सकेको खण्डमा पनि पर्यटक आवागमन बढ्न सक्ने उनको विश्वास छ । सरकारले आर्थिक अवस्थालाई सुधार गर्ने तर्फ पनि विशेष योजना ल्याएर काम गरेको खण्डमा यसबाट होटल व्यवसाय मात्रै नभएर सबै क्षेत्रमा सुधार हुने उनले बताए ।

प्रकाशित समय : १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु