nmb bank

गृहपृष्ठ पुँजी पलायन रोक्दै कसिलो नीतिलाई लचिलो बनाउनु पर्छ : अर्थविद

पुँजी पलायन रोक्दै कसिलो नीतिलाई लचिलो बनाउनु पर्छ : अर्थविद

पुँजी पलायन रोक्दै कसिलो नीतिलाई लचिलो बनाउनु पर्छ : अर्थविद

समसामयी परिस्थितिलाई मध्यनजर गरेर मौद्रिक नीतिको समीक्षा आउनु पर्ने अर्थविद्हरुले बताएका छन् । मौद्रिक नीतिको पूर्व सन्ध्यामा न्यूज कारोबारसँगको कुराकानीका क्रममा अर्थविद्हरुले आफ्नो अवस्था हेरेर नीतिमा परिवर्तन गर्नु पर्ने बताएका हुन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । असोज मसान्तमा नै सार्वजनिक गर्नु पर्ने पहिलो त्रैमासिक समीक्षा केही मात्रामा ढीला भएको छ ।

राष्ट्र बैंकले लिएको कडा मौद्रिक नीतिका कारण अहिले व्यवसाय निकै धरायाशी बनिरहेको भन्दै निजी क्षेत्रका व्यवसायीहरुले यसमा लचकता अपनाउनका लागि निरन्तर आग्रह गर्दै आएका छन् । राष्ट्र बैंकले नीतिमा लिएको नीतिको समीक्षा कस्तो आउछ भन्ने हाम चासो रहेको छ । राष्ट्र बैंकले केही सहज व्यवस्था गरेर त्यसलाई कार्यान्वयन गर्न सक्यो भने अहिलेको अवस्थाबाट पार पाउन सकिने व्यवसायीहरुको भनाइ छ ।

समीक्षा भनेको कहाँ सकारात्मक कुरा भए र कहाँ नकारात्मक कुरा भए भन्ने विषयको विश्लेषण हो । समीक्षाको आफ्नै सीमा हुन्छ । जुन नीति बनाइन्छ त्यसको परिधिमा रहेर त्यसको समीक्षा गर्नु पर्ने हुन्छ ।

अर्थविद्हरुले पनि समीक्षा मार्फत नीतिमा केही परिवर्तन गर्नु पर्ने र त्यसलाई कार्यान्वयनमा लैजानु पर्ने बताएका छन् । अर्थविद् डा. डिल्लीराज खानालका अनुसार अहिलेको अवस्था र चुनौतिको सामना गर्न सक्ने गरी नीतिमा परिवर्तन गर्नु पर्छ । ‘हाम्रो आर्थिक अवस्था कमजोर हुनुमा हाम्रो भन्दा बाह्य कारण बढी छ । त्यसैले नीति बनाउँदा हामीले बाहिरको कुरालाई पनि ध्यान दिनु पर्छ,’ उनले भने । नेपाल देशमा मौद्रिक नीतिले गर्ने भनेको मूल्य नियन्त्रण र विदेशी मुद्राको पँहुचलाई सहज बनाउने हो ।

मौद्रिक नीतिले मुख्य अपेक्षा भनेको मूल्य नियन्त्रण र विदेशी भुक्तानीमा अनुकुलता वा स्थायीत्व भएको खनालको भनाइ छ । ‘अहिले हामी मूल्य नियन्त्रणमा असफल भएको अवस्था छ । विदेशी मुद्राको स्थायीत्वमा हामी अहिले केही सहज अवस्थामा नै रहेका छौँ । खासमा हाम्रो जस्तो देशका लागि मौद्रिक नीतिले स्थायीत्व देखि आर्थिक विकासका लागि लगानी प्रवद्र्धन गर्नु पर्ने हो,’ उनले भने ।

अप्ठ्यारो अवस्थामा अर्थतन्त्रलाई उकास्ने किसिमको मौद्रिक नीति आउनु पर्छ । तर अहिलेको मौद्रिक नीति यी विषयमा असफल भएको डा. खनालको भनाइ छ । कसीलो मौद्रिक नीतिलाई लचिलो बनाउनु पर्ने आवश्कता रहेको बैंकिङ विज्ञ अनलराज भट्टराई बताए । अहिलेको अवस्थामा कर्जा नीति र मौद्रिक नीति जोडिएको अवस्था छ । मौद्रिक नीतिले नै कर्जा नीतिलाई निर्देशीत गरेको अवस्थामा यी दुवै नीतिलाई छुट्टा छुट्टै रुपमा राख्नु पर्ने उनको भनाइ छ । ‘अब मौद्रिक नीतिलाई प्रष्ट रुपमा मौद्रिक नीति बनाउनु प¥यो । कर्जा नीतिलाई कर्जा नीतिमा नै सुरक्षित गर्नु प¥यो,’ उनले भने ।

मौद्रिक नीतिको समीक्षा गर्दै गर्दा व्यवसायी वातावरण बनाउने तर्फ ध्यान दिनु पर्ने उनको सुझाब छ । ‘मौद्रिक टुल्सलाई प्रयोग गरेर कर्जा नीतिलाई पनि हेर्नु पर्ने पर्छ, उनले भने ‘वित्तीय स्थायीत्वलाई पनि ध्यान दिनु पर्छ ।’ अहिले बैंकको ब्याजदर घट्दै गएको र तरलता पनि बढेको अवस्थामा सोही अनुसार नीति पनि परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको भट्टराइको भनाइ छ ।

‘व्यापार व्यवसायलाई उत्साहीत बनाउने तर्फ कही सहजा बनाएर नीतिगत सुधार गर्नु पर्छ,’ उनले भने । विदेशमा पनि ब्याजदर कम गरिएको छ । यसमा पनि हामीले ध्यान दिनु पर्ने उनको सुझाव छ ।

यता नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापाले भने सबै क्षेत्रलाई समेटने गरी नीतिहरु बन्नु पर्ने र सोही अनुसारको काम गर्नु पर्ने बताएका छन् । ‘अहिलेको अवस्थामा पुँजी पलायन पनि रोक्नु पर्ने र निजी क्षेत्रलाई पनि सहज हुने गरि अहिले मौद्रिक नीति समीक्षा आउनु पर्छ,’ उनले भने । व्यवसायीलाई पनि सहज बनाउने र पुँजी पलायन रोक्ने लगायत चौथर्फी ध्यान दिएर नीतिहरु चलाउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित समय : ०६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु