nmb bank

गृहपृष्ठ ‘सबै कुराको राम्रो नराम्रो पक्ष हुन्छ त्यसमा राज्यले नियमन गर्ने हो बन्द होइन’

‘सबै कुराको राम्रो नराम्रो पक्ष हुन्छ त्यसमा राज्यले नियमन गर्ने हो बन्द होइन’

‘सबै कुराको राम्रो नराम्रो पक्ष हुन्छ त्यसमा राज्यले नियमन गर्ने हो बन्द होइन’

सरकारको निर्णय अनुसार अहिले नेपालमा टिकटक बन्द रहेको छ । तर विभिन्न व्यक्तिहरुले नेपालमा नै बसेर टिकटक बनाएर पोष्ट गरेको देखिन्छ । अहिले सामाजिक सञ्जालमा भीपीएन प्रयोग गरेर टिकटक बनाउन सकिने भनेर विभिन्न पोष्टहरु हालिएको देखिन्छ । सूचना प्रविधिका जानकारहरुले भीपीएनको प्रयोगक असुरक्षित रहेकाले त्यसबाट जोगिनु पर्ने बताइरहेका छन् । यसै सन्दर्भमा भीपीएन लगायतका एपहरु कसरी सुरक्षित रुपमा चलाउन सकिन्न भन्ने विषयमा कम्प्युटर एशोसिएशन नेपाल महासंघका अध्यक्ष रणजीत कुमार पोद्दारसँग गरिएको कुराकानीको सम्पादित अंश :

अहिले टिकटक बन्द भएको अवस्थामा यो भीपीएनको प्रयोगको विषय निकै उठेको छ । भीपीएन भनेको के हो ?

भीपीएन भनेको भर्चुअल प्राइभेट नेटवर्क हो । भीपीएनले कति कुरा सित्तैमा र कति कुरा पैसा लिएर प्रयोग गर्न दिन्छ । विभिन्न थरिका भीपीएनहरु हुन्छन् । भीपीएनको प्रयोग गरेर कुनै पनि एपहरु सञ्चालन गर्दा त्यसको लोकेशन जानकारी हुँदैन भन्ने हो ।

पैसा तिरेर राखिएको भीपीएन प्रयोग गर्दा हाम्रा डेटाहरु सुरक्षित हुन्छन् । तर जो सित्तै प्रयोग गर्न मिल्ने भीपीएन छन त्यसमा हाम्रो डेटा सुरक्षित हुन सक्दैनन् । जब त्यस्तै असुरक्षित भीपीएन हाम्रो मोबाइलमा राखिन्छ भने त्यसले मोबाइलमा भएको सबै डाटाहरु चोरी गर्न सक्ने भयो । डेटा ह्याकिङ हुने भयो । गोप्य कुराहरु पनि हामीले अरुको पहुँचमा सहज रुपमा पुग्न दियौँ भने त्यो असुरक्षित हुने नै भयो । जुन सुकै समयमा पनि त्यसको दुरुपयोग हुन सक्ने भयो ।

रकम तिरेको राखिएको भीपीएनमा भने समस्या हुँदैन । अहिले कतिपय इन्टरनेट प्रदायकहरुले टिकटब बन्द गरेको अवस्था छ । अझै पनि कति व्यक्तिहरुले टिकटक चलाइरहेको भन्ने कुरा पनि आइरहेको छ । त्यसका लागि असुरक्षित भीपीएनहरु प्रयोग भएको हुन सक्छ । जुन निकै असुरक्षित छन् ।

भीपीएनको प्रयोग गर्दा डिभाइस ह्याक हुन्छ र सबै डाटा चारी हुन सक्छ भनिएको छ । डाटा चोरी हुनबाट कसरी जोगिन सकिन्छ ?

जोगिन नसक्ने भन्ने होइन । सकिन्छ । त्यसका लागि पेड वाला भीपीएनहरु मात्रै चलाउनु पर्ने हुन्छ । जब आफूलाई आवश्यक पर्ने सामानको हामीले पैसा तिरेर लिन्छौँ भने त्यसमा सुरक्षित हुने सकिने भयो । यदि कुनै वस्तु सितैमा पाइन्छ भने त्यो नराम्रो पनि हुन सक्छ । सितैको सामान कहिले काँही राम्रो हुन सक्ला । तर पूर्ण रुपमा त्यो राम्रो नै हुन्छ भनेर एकिन गर्न सकिदैन् । पैसा तिरेको आधारमा त्यो राम्रो हुन्छ भन्ने हो ।

सामाजिक सञ्जाल प्रयोग गर्दा हामीलाई उपहार भनेर विभिन्न लिङ्कहरु आउँछन् । तर त्यसका लागि विभिन्न सर्तहरु राखेको हुन्छ । त्यहाँ उल्लेख गरिएका सर्तहरु छन् ति पुरा गर्दा नै हाम्रो डिभाइसको गोप्य डाटा अरु व्यक्तिकोेमा पुग्छ । त्यसले गर्दा यस्ता लिङ्कहरु नखोल्ने र सावधानी अपनाउनु नै यसबाट जोगिने उपाय हो ।

मैले भन्दा आम नागरिकहरुलाई अनावश्यक लिङ्कहरु नखोल्ने, अनावश्यक एपहरु आफ्नो मोबाइलमा नराख्नु नै डाटा चोरीबाट जोगिने उपाय हो । अहिले टिकटक बन्द गर्ने निर्णयका कारणले गर्दा भीपीएनको चर्चा भयो । तर यस्ता जोखिमपूर्ण कुराहरु अरु समयमा पनि हुन्छन् । अहिले मात्रै होइन अरु समयमा पनि यसबाट जोगिनु पर्छ ।

केही आईटीका जानकारहरुले केही मात्रामा ह्याक हुने मात्रै भन्दा पनि बैंक नै रिक्तिन सक्ने कुरा गरिरहेका छन् । यस्तो जोखिम हुन सक्छ ?

यो कुरामा सत्यता छ । अहिले मुख्य रुपमा सबै जानकारीको स्टोरेज मोबाइलमा भईरहेको छ । युजर आईडी देखि पासवर्डसम्म मोबाइलमा नै हुने भयो । बैंक मात्रै होइन सहकारी र अन्य विभिन्न क्षेत्रमा प्रयोग गरिने कुराहरु पनि मोबाइलमा राखिन्छ । यो आवश्यक पनि हो । यस विषयमा जानकारी नहुने हो भने आम सर्वसाधारण त त्यसबाट पिडित हुने भए ।

यदि पैसा तिरेर वैधानीक रुपमा खरिद नगरिएको भीपीएन प्रयोग गरिएको छ र त्यसबाट कसैको बैंकको रकम अनेत्र गयो भने त्यो रकम कहाँ गयो भन्ने जानकारी हुन्छ । जसले गर्दा त्यस्तो भएको खण्डमा पनि कानुनी दायरामा ल्याउन सकिने भयो । यदि पैसा भुक्तानी गरेर भीपीएन प्रयोग गरियो भने लिङ्कबाट पनि कुन रकम कहाँ गयो भन्ने जानकारी लिन सकिन्छ ।

तर यदि सितैमा उपलब्ध भएको भीपीएनमा त्यस्तो सुविधा हुँदैनन । जसले गर्दा त्यस्ता भीपीएनको प्रयोग गर्दा खाता नै रिक्तिन सक्ने जोखिम बढ्छ । फ्रिवालाको कुरा गर्दा त्यो कहाँ गयो भन्ने जानकारी नै हुँदैनन् । ह्याकरहरुले यसको प्रयोग नै त्यसैका लागि गरेका हुन्छन् ।

टिकटक बन्द गर्नु पर्ने थियो अथवा त्यसलाई नियमन गर्नु पर्ने थियो । के लाग्छ तपाईलाई ?

टिकटक बन्द गर्ने कुरा ठिक होइन । यसलाई नियमन गर्नु पर्ने हो । टिकटक कतिपए देशमा बन्द छ भने कति पए देशमा नियमन गरेर पनि सञ्चालन हुन दिएको अवस्था छ । सामाजिक सञ्जालबाट हामीलाई धेरै जानकारीहरु लिनका लागि पनि सहयोग पुगेको छ । त्यस्ता कुरामा कुनै समस्या आयो भने बन्द गर्ने भन्दा पनि नियमन गरेर सञ्चालन गर्नु पर्ने हुन्छ । कोरोनाको समयमा टिकटकबाट निकै राम्रो जानकारीहरु पनि लिन सकिएको थियो ।

जानकारीका लागि पनि यो निकै राम्रो प्लेटफर्म थियो । कुनै पनि चिजको राम्रो र नराम्रो पक्ष हुन्छ । त्यसका राम्रा पक्षलाई ग्रहण गरेर नराम्रा कुरालाई नियमन गर्नु पर्ने हुन्छ । त्यसो गर्दा राम्रो हुन्छ । कोभिडको समयमा डिजिटल प्रविधि नभएको भए निकै समस्या पनि हुन सक्ने अवस्था थियो । अध्ययन देखि विभिन्न अन्तक्रियाहरु पनि प्रविधिको प्रयोग गरेर गरिएको थियो ।

प्रयोगकर्तालाई जानकारी नहुन सक्छ । तर सरकारले त्यसलाई बन्द भन्दा पनि नियमन गरेर सञ्चालन गर्न दिनु पर्छ । कानुन बनाएर गल्ती गर्नेलाई कारबाही गर्नु पर्छ । गलत गर्नेलाई सजाय दिनु पर्छ । सजाय हुन्छ भन्ने विषयमा पनि जानकारी दिन सक्नु पर्छ । कानुन फितलो भएका कारण गल्ती हुने हो तसर्थ कानुन कडा हुनु पर्छ । चोरलाई सजाय दिए पछि अर्कोले चोर्ने काममा नलाग्न सक्छ ।

यस्तो जोखिम रहेका भीपीएनहरुबाट सुरक्षित हुनका लागि के गर्नु पर्ला ?

सबैभन्दा पहिले प्रयोगकर्ता आफै सजग हुनु पर्ने हुन्छ । यदि आफूलाई त्यो विषयमा कुनै जानकारी छैन भने त्यहाँ भित्र पस्नु भएन । आफूले पैसा तिरेर गरेको र त्यसमा आफू सुरक्षित भएको विश्वास हुन्छ भने मात्रै त्यसमा सहभागि हुनु पर्‍यो ।

भोलिका दिनमा कुनै समस्या भयो भने समाधान हुन सक्छ भन्ने लाग्छ भने मात्रै यसमा आफू प्रवेश गर्ने हो । यदि कुनै पनि जानकारी नभएको लिङ्क छ भने त्यसमा आफूले सजगता अपनाउनु परो ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु