nmb bank

गृहपृष्ठ उत्कृष्ट करदात सम्मान : ठूला व्यवसायीले किन पाउँदैनन् कर सम्मान ?

उत्कृष्ट करदात सम्मान : ठूला व्यवसायीले किन पाउँदैनन् कर सम्मान ?

उत्कृष्ट करदात सम्मान : ठूला व्यवसायीले किन पाउँदैनन् कर सम्मान ?

काठमाडौं । नेपालका सञ्चालीत ठूला व्यवसायी घरानाहरु हुन् चौधरी ग्रुप, गोल्छा ग्रुप, खेतान ग्रुप, विशाल ग्रुप, संघाई ग्रुप, दुगड ग्रुप, शंकर ग्रुप, ज्योति समूह, पञ्चकन्या समूह, बैद्य अर्गनाईजेशन । तर यत्रो ठूलो व्यवसायी घरानाहरुले राज्यलाई बढी कर तिरको आधारमा पाउने सम्मान पाएको सुनिदैन । यी ग्रुप वा समूहमा रहेका व्यक्तिहरु वा ग्रुपले नै बढी कर तिरेको कहिले सुनिदैन ।
तर यी व्यवसायी घरानाहरुमध्ये कुनै सँग चार दर्जन कम्पनी छन् । एक दर्जन कम्पनी त यी सबैसँग छन् । तर पनि नेपालमा बढी कर तिर्नेमा यीनिहरुको नाम कतै आउँदैन । न त यीनिहरुको स्वामित्वमा रहका कम्पनीको नै नाम बढी कर तिर्नेको लिस्टमा आउँछ ।

आन्तरिक राजश्व विभागका अनुसार नेपालमा सबैभन्दा बढी कर तिर्नेमा माथिका कुनै पनि ग्रुपहरु छैनन् । कर दिवस २०८० को अवसरमा आर्थिक वर्ष २०७८ को आय विवरण अनुसार २०७९ सालमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थाहरुको नाम सार्वजनिक गरेको छ । तर यस सूचीमा माथि उल्लेखित ग्रुपका कसैको पनि नाम छैन ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार २०७९ सालमा सबैभन्दा बढी आयकर दाखीला गर्नेमा नेपाल टेलिकम रहेको छ । यो सरकारी स्वमित्वको कम्पनी हो । त्यस्तै निर्यात कारोबार तर्फ सबैभन्दा बढी कर तिर्नेमा डाबर नेपाल रहेको छ । त्यस्तै विशेष उद्योग तर्फ एशियन पेण्ट्स प्राली, कृषि तथा पशुजन्य उद्योग तर्फ ओ. एस.बी फूड्स एण्ड फिड्स प्राली रहेको छ ।

सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थाबाट सबैभन्दा बढी कर तिर्नेमा छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आईएमी बैंकले बढी कर तिरेका छन् । यता बीमा व्यवसाय तर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल अग्र स्थानमा रहेको छ । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था तर्फ नोबेल मेडिकल कलेज एण्ड हस्पीटल प्रा.ली, पर्यटन व्यवसाय तर्फ मनकामना दर्शन प्रा.ली, वस्तु व्यपारको कारोबार तर्फ भाटभटेनि सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोर, मध्यम स्तरीय करदाता तर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेड, ऊर्जा मुलक उद्योगमा भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोकार गर्ने कम्पनीमा आई.एम.ई लिमिटेड, व्यक्तिगत आयमा सबैभन्दा बढी कर दाखिला गर्नेमा विजय कुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजश्व दाखिला गर्नेमा सूर्य नेपाल प्रा.ली र वि.स २०७५ साउन देखि २०८० को असार मसान्तको कर अवधिसम्म मुल अभिवृद्धि कर विवरण र सो बमोजिक कर समयमा नै दाखिला गरि नियमित कर सहभागिता जनाएका मध्ये आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्नेमा पनि सूर्य नेपाल प्रा.ली नै रहेको छ ।

यो वर्ष सबैभन्दा कर दाखिला गर्ने व्यक्ति विजय कुमार शाह अघिल्लो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानीत भएका थिए । पछिल्ला १२ बर्षको तथ्यांक हेर्ने हो भने शाहले तेस्रो पटक यो सम्मान पाएका हुन् । १२ वर्षको अवधिमा सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिमा सिदार्थ राणा रहेका छन् । उनी पछिल्लो १२ वर्षमा ७ पटक यो सम्मानबाट सम्मानित भइसकेका छन् । पछिल्ला चार वर्षमा तेस्रो पटक यो सम्मान पाएका शाहले राणालाई पछ्याइरहेका छन् । बाँकी रहेका २ वर्ष यो सम्मान एक पटक वृथ्वी बहादुर पाडे र अर्को एक पटक डा. उपेन्द्र देवकोटा सम्मानित भएका थिए । राणाले २०७३ देखि २०७६ सम्म लगातार यो सम्मान पाएका थिए भने शाहको लगातार दोस्रो पटक हो ।

नेपालका कए मात्रै विलियनयर विनोद चौधरीको नाम यो सूचिमा कहिले पनि आएन । त्यस्तै अन्य व्यपारीको पनि यो सूचिमा नाम आउँदैन । के कारणले उनीहरु यो सूचीमा पर्दैन भन्ने प्रश्न उठेको छ । उत्कृष्ट कर दाखिला सम्मानले ठूला व्यवसायी घरना करको मामिलामा पारदर्शी छैनन् भन्ने कुरालाई पुष्टि गर्छ । यसरी हेर्दा ठूला व्यवसायी घरानाहरुले कर छलि गर्ने गरेको आशंका गर्ने ठाउँ पनि दियो ।

बढी कर तिर्नेमा न चौधरीको नाम छ न गोल्छाको न त गोल्यानको नै नाम रहेको छ । न यो सूचीमा संघाइनै परेका छन् । उनीहरु यो सूचीमा नआउनु र व्यवसायी दुर्गा प्रसाइले ठूला व्यवसायी घरनाले देश विगारे भन्नु बाघ कराउनु र बाख्रा हराउनु मात्रै हो कि साँचै हो आम रुपमा यो प्रश्न खडा भएको छ ।

नेपालको कर नीतिले नागरिकलाई स्वयम् कर निर्धारण गर्न छुट दिएको छ । कुनै पनि कम्पनी वा व्यक्तिले पहिलो चरणमा आफै कर निर्धाण गरी बुझाउने हो । राज्यलाई शंका लागेमा मात्र चेकजाँच हुन्छ र उसले बुझाउनुपर्ने कर निर्धारण हुन्छ । राजश्व प्रशासनले कर बुझाएको रकमको आधारमा उत्कृष्ट करदाता छनौट गर्छ । यो सूचीमा ठूला व्यापारि घराना नआउनुले शंका गर्ने प्रशस्त ठाउँहरु दिएको छ ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु