nmb bank

गृहपृष्ठ ऋण मुक्त हुने आशमा आन्दोलनमा आएकाहरुले के साच्चै गणतन्त्र फाल्न सक्लान ?

ऋण मुक्त हुने आशमा आन्दोलनमा आएकाहरुले के साच्चै गणतन्त्र फाल्न सक्लान ?

ऋण मुक्त हुने आशमा आन्दोलनमा आएकाहरुले के साच्चै गणतन्त्र फाल्न सक्लान ?

विश्वमा सबैभन्दा उत्कृष्ट व्यवस्था भनेको ने लोकतन्त्र । लोकतन्त्रमा मानिसहरुले आफूलाई लागेको विषय निर्धक्कसँग बोल्न पाउछ भनिन्छ । त्यही अनुसार नै हाम्रो नेपालमा अघिले संघीय गणतन्त्रात्मक शासन व्यवस्था रहेको छ । तर आम नागरिकले यसको प्रत्याभुति समेत हुन सकेको छैन । अहिले आम नागकिरमा यो व्यवस्था प्रति नै वितिष्णा उत्पन्न भइरहेको छ । यसको नेतृत्व गरिरहेका छन मेडिक व्यवसायी दुर्गा प्रसाईँले ।

उनले अहिलेको व्यवस्थाले जनतालाई दुःख मात्रै दिएको भन्दै यो व्यवस्था परिवर्तन गर्नु पर्ने बताउँदै आएका छन् । गणतन्त्रले आम नागरिकलाई दुःख दिएको भन्दै उनले राजतन्त्र नै फर्काउनु पर्ने आवाज उठाइ रहेका छन् । उनले मंसिर ७ गते गणतन्त्रको विरोधमा शक्ति प्रदर्शन नै गरे । उनको आन्दोलनमा सहभागिहरुमध्ये केही व्यक्तिहरु ऋण मिनाह हुने आसाले पनि आएको पाइयो । व्यवसायी प्रसाईँले बैंक तथा वित्तीय संस्थाको २० लाख रुपैयाँसम्मको ऋण मिनाह गर्नु पर्ने बताइ रहेका छन् । उनले भनेको ऋण मिनाह गर्न सक्ने नसक्ने विषय अर्को चर्चाका विषय होला । तर राजा ल्याउँनु पर्छ भनेर आन्दोलन गर्ने दुर्गा प्रसाईँको आन्दोलनमा आएकाहरुलाई कुनै पनि तन्त्रको भन्दा पनि आफ्नो ऋण मिनाह गरिनु पर्ने माग छ ।

कुनै पनि व्यक्ति वा संस्थाले कसैको ऋण मिनाह गर्नका लागि कतिसम्म सम्भव छ वा छैन त्यो छुट्टै विषय होला । कुनै पनि बैंक तथा वित्तीय संस्थाको ऋण लिए पछि तिर्दिन भन्नु कतिसम्मको अराजकता हो ? बैंकले गरेका बदमासिहरुका विषयमा आवाज उठाउन सकिन्छ । तर ऋण नै तिर्दिन भन्नु कुनै पनि हालतमा जायज हुन सक्दैन ।

दुर्गा प्रसाईँले नागरिक बचाउ अभियानको ब्यानरमा कार्यक्रम आयोजना गरे । त्यो कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएकाहरुले ऋण मृक्त हुने आशा व्यक्त गरेका छन् । राजतन्त्र स्थापना गर्ने र गणतन्त्र हटाउने नारा लिएको आन्दोलनमा आउने ऋण मिनाह हुने आसामा रहेका व्यक्तिहरुबाट यो कसरी सम्भव होला ?

कार्यक्रममा सहभागि भएका गोरखाकी मिना खत्रीले आफूहरुको ऋण मिनाह हुनु पर्ने बताइन । आफूहरु कि त मर्नु पर्ने कित यो आन्दालन सफल हुनु पर्ने उनको भनाइ छ । त्यस्तै सिरहाका रामवृज प्रसाद साहले पनि आफूहरुको ऋण मिनाह गर्नु पर्ने माग रहेको सुनाए । त्यस्तै तनहँुकी लुकमाया खाम्चाले लघुवित्त र बैंकको ऋणका कारणले गर्दा आफ्नो श्रीमानको मृत्यु भएको भन्दै यसबाट छुटकारा पाउनु पर्ने सुनाइन ।

यसरी आफ्ना माग पुरा हुने आशामा आएकाहरुले के गणतन्त्र फाल्न सक्लान ? यो भोलिका दिनमा जानकारी हुने विषय हो । कुनै पनि व्यवस्था आफैमा नराम्रो हुदैन । यो व्यवस्थाको नेतृत्वमा रहेकाहरुको नालायकी पनले गर्दा जनताले दुःख पाउँछन् । यदि अहिलेको गणतन्त्र हटाएर राजतन्त्र नै ल्याउने हो भने पनि के साच्चै नेपालीको जीवन शैलीमा परिवर्तन हुन्छ त ? यसमा विश्वास गर्न सक्ने आधार के ? राजतन्त्रबाट आजित भएर थाकेर जनताले नै फालेको राजतन्त्र फेरि कुन रुपमा आउने हो ? के पूर्व राज ज्ञानेन्द्र नै राज बन्न सक्ने सम्भावना छ त ?

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु