गृहपृष्ठ शेयर बजार राताम्य, परिसूचक १८२६ विन्दुमा
शेयर बजार राताम्य, परिसूचक १८२६ विन्दुमा

शेयर कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा भारी गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकको सुधार देखिएको बजारमा मंगलबार २७ दशमलव शून्य ५ अंकको गिरावट आएको हो ।
अधिकांश कम्पनीको शेयर मूल्य घटेसँगै समग्र बजारमा त्यसको प्रभाव परेको छ । आज कारोबार भएका २११ कम्पनीको शेयर मूल्य घटेको छ । २३ कम्पनीको शेयर बढ्दा ३ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन् । मंगलबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १८२६ दशमलव ४२ विन्दुमा पुगेको छ ।
मंगलबार २८४ कम्पनीका ३६ लाख २० हजार ५१९ कित्ता शेयर ३७ हजार ३५ पटक खरिद बिक्री भएका छन् । जसबाट ९३ करोड २५ लाख ५५ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ५ दशमलव शून्य १ अंकले घटेर ३५१ दशमलव ५३ विन्दुमा पुगेको छ ।
प्रकाशित समय : १५:०९ बजे