गृहपृष्ठ १० दिनपछि सुरुङमा फसेका ४१ मजदुरको भिडियो सार्वजनिक (भिडियो)
१० दिनपछि सुरुङमा फसेका ४१ मजदुरको भिडियो सार्वजनिक (भिडियो)

उत्तराखण्डको उत्तरकाशीको सिल्क्यरा गाउँमा निर्माणाधीन सुरुङमा काम गरिरहेका ४१ जना मजदुर सुरुङमा फसेका छन् ।
दीपावलीको बिहानैदेखि सुरुङमा फसेका यी मजदुरहरुको १० दिनपछि पहिलो भिडियो सार्वजनिक भएको छ ।कामदारलाई बाहिर निकाल्न राहत र उद्धार कार्य जारी छ ।
सोमबार थप परिमाणमा खाद्यान्न आपूर्ति गर्न मजदुरलाई थप परिमाणमा खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्न मजदुरसम्म ६ इन्च लामो पाइप बिछ्याइएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सोमबार राति मजदुरका लागि खिचडी तयार पारिएको थियो । ६ इन्चको पाइपबाट फसेका मजदुरका लागि सोमबार पहिलो पटक तातो खिचडी पठाइएको थियो ।
VIDEO | First visuals of workers stuck inside the collapsed Silkyara tunnel in #Uttarkashi, Uttarakhand.
Rescuers on Monday pushed a six-inch-wide pipeline through the rubble of the collapsed tunnel allowing supply of larger quantities of food and live visuals of the 41 workers… pic.twitter.com/mAFYO1oZwv
— Press Trust of India (@PTI_News) November 21, 2023
प्रकाशित समय : १४:३२ बजे