skip this prabhu bank contant

गृहपृष्ठ काण्डै काण्डले भरिएको एनआइसी एशिया बैंक : नारा बैंक पनि साथी पनि, व्यवहार दुस्मनको !

काण्डै काण्डले भरिएको एनआइसी एशिया बैंक : नारा बैंक पनि साथी पनि, व्यवहार दुस्मनको !

काण्डै काण्डले भरिएको एनआइसी एशिया बैंक : नारा बैंक पनि साथी पनि, व्यवहार दुस्मनको !

नेपालमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै काण्ड हुने बैंकको शिर्ष स्थानमा रहेको छ, एनआइसी एशिया बैंक । यो बैंकले ग्राहकलाई दुख दिने देखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेको छ । सबैभन्दा विश्वासीलो र भरपर्दो दाबी गर्ने बैंकको नारा नै बैंक पनि साथी पनि रहेको छ । तर व्यवहार भने दुस्मनको जस्तो छ ।

बैंकमा कहिले त्यहाँका कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुन्छ । त्यति मात्रै होइन खातामा पैसा हुँदा पनि बैंकले नदिने सम्मका हर्कत गर्ने गरेको छ । केही दिन अघि मात्रै नेपाल पत्रकार महासंघका काठमाडौं शाखाका सचिव महेश गौतमले पनि यो बैंकबाट सास्ती भोगे । उनी एटिएममा पैसा झिक्नका लागि गए । उनले पैसा झिक्नका लागि प्रक्रिया पुरा गरे । तर पैसा आएन र चिट मात्रै आयो । उनको खातामा भएको पैसा काटियो । उनले यो विषयमा बैंकमा जानकारी गराए । पैसा २४ घण्टा पछि आउने जबाफ पाए । तर आएन ।

गौतमले सेप्टेम्बर १ अर्थात् भदौ १५ गते इमाडोलमा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट पैसा झिक्ने कोसिस गरेका थिए । प्रभु बैंकमा खोलिएको खाता र प्रभु बैंककै एटीएम कार्ड प्रयोग गरी उनले एनआईसी एसिया बैंकको एटीएम बुथबाट रकम निकाल्ने कोसिस गरेका थिए । तर उनको पैसा काटियो तर उनले पैसा पाएनन् चिट मात्रै पाए ।खाताबाट ब्यालेन्स काटिएको तर रकम बाहिर नआएपछि उनले एटीएम बुथ वरिपरि सेक्युरिटी गार्ड छन् कि भनेर खोज्छन् । तर त्यहाँ गार्ड नभेटेपछि उनी भोलि पैसा फिर्ता आउने आशामा त्यहाँबाट निस्कन्छन् । पैसाको जरुरी भएकाले उनले नजिकै रहेको एभरेष्ट बैंकको एटीएमबाट रकम निकालेर घर जान्छन् निकै दुख दिए पछि उनले त्यो घटना सामाजिक सञ्जाल फेसबुकमा लेखे ।

२४ घण्टामा रकम फिर्ता होला भने पनि रकम फिर्ता नभएपछि उनी भदौ १७ गते आफ्नो खाता रहेको बैंक प्रभु बैंकमा निवेदन दिन्छन् । त्यसपछि प्रभु बैंकले एनआईसी बैंकसँग कुराकानी गर्छ । तर एनआईसी एशिया बैंकले प्रभु बैंकलाई जवाफ दिन्छ ‘ग्राहकले पैसा झिक्दा पैसा भुईँमा खसेको थियो, ग्राहक गएपछि अर्कै मान्छेले टिपेर हिँड्यो, फिर्ता दिन सकिँदैन ।’

प्रभु बैंकले पनि एनआईसी एसिया बैंकको त्यही जवाफ ग्राहक गौतमलाई सुनायो । तर ग्राहक एनआईसी एशिया बैंकको जवाफमा सन्तुष्ट भएनन् । आफूले पैसा झिक्दा नआएको पैसा पछि एटीएमबाट आएर अर्कैले टिपेको हुनै नसक्ने भन्दै ग्राहकले एटीएम बुथको सिसीटिभी फुटेज हेर्ने र अरू कसैले टिपेर गएको पुष्टि हुने अवस्था आए दाबी नगर्ने बताए । एटीएमबाट हराएको मात्रै ५ हजार रुपैयाँ भए पनि ग्राहक गौतम भने ‘यो मेरो मात्रै समस्या होइन, म जस्ता सैयौँको समस्या’ हो भन्दै प्रमाण सङ्कलनमा लागिरहे ।

ग्राहकले सिसिटिभी फुटेज हेर्न चाहेकाले सिसिटिभी फुटेज पठाइदिन भन्दै प्रभु बैंकले एनआईसी एसिया बैंकसँग सिसिटिभी फुटेज माग गर्‍यो । तर एनआईसी एसिया बैंकले सिसिटिभी फुटेज दिएन । बरु कुनै मानिस कागजजस्तो केही टिप्न लागेको फोटो मात्रै प्रभु बैंकलाई पठाइदियो ।

तर जिम्मेवार ग्राहक एनआईसी एसिया बैंकको जवाफमा सन्तुष्ट भएनन् र सिसिटिभी फुटेज नै मागिरहे । प्रभु बैंकले सोही कुरा एनआईसी एसिया बैंकलाई जानकारी गराएपछि एनआईसी एसिया बैंकले सिसिटिभी फुटेज पठाउन नसक्ने तर ग्राहकलाई एनआईसी बैंकमै पठाए फुटेज देखाउन सक्ने भन्यो । त्यसपछि ग्राहक एनआईसी एसिया बैंकमै गए । तर एनआईसी एसिया बैंकले पनि ग्राहकलाई सिसिटिभी फुटेज देखाएन । बरु बारम्बार तपाइँले पैसा झिक्दा रकम भुईँमा खसेको र तपाईँ गएपछि अरू कसैले टिपेर लगेको जवाफ मात्रै दिइरह्यो । अनि रकम फिर्ता गर्न नसक्ने बतायो ।

त्यसपछि महेश गौतम एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालयमा गएर सबै बेलिबिस्तार लगाउँछन् । त्यसपछि बैंकका जिम्मेवार कर्मचारीले सम्बन्धित विभागका कर्मचारीलाई पनि बोलाउँछन् र छलफल गर्छन् । छलफलमा बैंकका कर्मचारी, एटीएम हेर्ने कर्मचारी र सिसिटिभी फुटेज हेर्ने कर्मचारीले भुईँमा पैसा खसेको नदेखिएको, एटीएम भेन्डरसँग कुराकारी भइरहेको, एनआईसी एसिया बैंककै एटीएम सिस्टममा समस्या देखिएको तर तेस्रो व्यक्तिले भुइँबाट पैसा टिपेको जस्तो देखिएको भन्ने जानकारी दिइन्छ । तर त्यति हुँदा पनि सिसिटिभी फुटेज देखाउन नमिल्ने भन्दै ग्राहकलाई सिसिटिभी फुटेज देखाइँदैन । साथै पैसा फिर्ता हुन्छ कि हुँदैन भन्ने स्पष्ट जवाफ पनि दिइँदैन ।

त्यसपछि गौतमले बैंकका व्यवस्थापनमा रहेका व्यक्तिहरुलाई प्रश्न गर्छन् समस्या ग्राहकको हो कि एटीएम मेसिनको ? ग्राहकले आफ्नो रकम गुमाएको वा काटिएको छ तर पैसा पाएको छैन, त्यो पैसा कहाँ गयो भनेर सोध्न, खोजी गर्न र अरू कसैले टिपेको भए सिसिटिभी फुटेज हेर्न पाउने कि नपाउने ? बैंकले नै सिसिटिभी फुटेज हेर्नका लागि निवेदन माग गर्छ तर फुटेज नदेखाउनुको कारण के हो भनेर सोध्छन् ? अनि एटीएम बुथबाट पैसा कसरी भुईँमा खस्छ भनेर सोध्छन्, एनआईसी एसिया बैंकले भने कुनै जवाफ दिँदैन ।

यसरी कात्तिक २१ गते मंगलबार एनआईसी एसिया बैंककै केन्द्रीय कार्यालयमै गएर यी प्रश्न गर्दै यो कस्तो ठगी हो भनेपछि त्यसको ५ घण्टामा ग्राहकको खातामा हराएको रकम आइपुग्छ । एनआईसी एसिया बैंकको एटीएमबाट रकम निकाल्दा पैसा काटिएपनि नआएको पैसा २ महिना ६ दिनपछि बल्ल ग्राहकको खातामा फिर्ता आउँछ, त्यो पनि कैयौँ हन्डर खाई दुख पाएपछि ।

पत्रकार महासंघ काठमाडौंको सचिव भएकाले यो विषयमा प्रश्न गर्न सक्ने क्षमता भएका व्यक्तिहरुलाई त बैंकले यसरी झुलाउँछ भने अरु सामान्य नागरिकलाई बैंकले कुनै समस्या पर्दा सहजै समाधान गर्ला भनेर कसरी पत्याउने ? प्रश्न गर्न सक्ने र व्यवस्थापन पक्षसम्म नै प्रश्न गर्न सक्ने व्यक्तिको पैसा त बैंकले २ महिना भन्दा बढी समय लगायो भने सामान्य ग्राहकको हालत के होला ?
नारामा साथी पनि बैंक पनि भन्ने यो बैंकले व्यवहार भने दुस्मनको भन्दा चर्को गर्ने गरेको छ । बैंकले भने ग्राहकको पैसा फिर्ता गरिएको भन्दै एटीएम बुथको वा एटीएम भेण्डरको कमजोरी भएको जबाफ दिएको छ । बैंकको दाबी अनुसार गुनासो आएको १ महिनामा समस्या समाधान भएको छ ।

तर यत्तिको बोल्न सक्नेलाई त २ महिना ६ दिन कुराउने बैंकले अरुलाई के गर्ला भन्ने प्रश्न उठ्छ ।२०७८ साल पुस १८ गते अर्को घटना घट्यो । बैंकका कर्मचारीको मिलेमतोमा बैंकमा रहेको लाखौँ रुपैयाँ चारी भयो । यो घटनामा संलग्न रहेका चार जनालाई प्रहरीले पक्राउ गरे पछि कर्मचारीको मिलेमतो पुष्टि भएको हो । काठमाडौं काँडाघारी बस्ने प्रदीप खत्रीसहित चार जना पक्राउ गरेपछि उक्त रहस्य खुल्यो ।

उनले काठमाडौँ महानगरपालिका–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट ३ लाख ५० हजार गरी १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीलाई जानकारी दिए ।

सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शङ्का लागेपछि पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको तत्कालीन प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गर्‍यो । त्यस्तै एनआइसी एसिया बैंकले ग्राहक मात्रै होइन आफ्ना कर्मचारी माथि पनि श्रम शोषण गर्ने गरेको पाइएको छ । केही समय अघि एनआइसी एसिया बैंकले ‘अति’ गरेको भन्दै कर्मचारीहरुले नै विभिन्न मिडिया गुहारेका थिए । जसले गर्दा बैंक भित्रको वेथिति बाहिर आएको हो ।

यसो त श्रम ऐनले कतिसम्म काम गर्न पाइने भन्ने स्पष्ट भनेको छ । तर कानुन विपरित एनआइसी एसिया बैंकले आफ्ना कर्मचारीहरुलाई रातीसम्म काम गराउने गरेको पाइएको भन्दै विरोध भएको थियो ।

त्यस्तै २०७४ सालको कात्तिक महिनामा बैंकको सिस्टम ह्याक भयो । त्यसमा पनि कर्मचारी र व्यवस्थापनको निकै लापरबाही फेला परेको थियो । ह्याकिङ प्रकरण पछि बैंकले नै तयार पारेको रिपोर्टमा समेत साइबर सुरक्षा निकै कमजोर रहेको उल्लेख गरिएको थियो । त्यो बेला ४६ करोड रुपैयाँ बैंकबाट ह्यकिङ भएको थियो । यस्तो केशमा पनि बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई बाइपास गरेर भारतबाट केपीएमजी कम्पनीको टिम झिकाएर अनुसन्धान गरेको थियो ।
त्यसमा पनि बैंकको साइबर सुरक्षा निकै कमजोर देखिएको उल्लेख गरिएको छ ।

विभिन्न कालखण्डमा भएका घटनाबाट पाठ सिकेर सुधार गर्नुको साटो बैंकले अझै पनि ग्राहकहरुलाई दुःख दिने काम गरिरहेको छ । ग्राहकलाई दुख दिनुको साटो आफ्नो व्यवस्थापनमा ध्यान दिन सकेको खण्डमा बैंकको उचाइ बढ्ला । तर यदि ग्राहकलाई ठगेर नै अघि बढ्ने सोचेको भए यो बैंकको गम्भिर भूल हुनेछ ।

यता बैंकका सूचना अधिकारी अर्जुन राज खनियाले भने यी विषयहरु अतिरन्जन मात्रै भएको दाबी गरे । लाग्ने समयमा हामीले गर्नु पर्ने गुनासाहरुको सम्बोधन गरेका नै छौँ तर यसलाई अतिरन्जना गर्ने काम भएको छ,’ उनले भने । तर उनले घुमाउरो शैलीमा कमिकजोरी हुन सक्ने पनि स्वीकार गरे ।
‘हाम्रा ४४ लाख बढी ग्राहक छन् ।

यस्तोमा एक दुइ जना ग्राहकमा समस्या देखिनु सामान्य हो । र हामीले समाधान गर्ने समयमा समाधान गरेका छौँ,’ उनले भने । केही दिन अघि एक जना पत्रकारको विषयमा पनि कुरा आएको थियो । उहाँको समस्या समाधान भएको तर पनि विषयलाई अतिरञ्जना गरिएको उनले बताए । यस्ता समस्या बैंकहरुमा आइरने र बैंकले पनि समाधानका लागि काम गरिरहेने उनको भनाइ छ ।

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु