गृहपृष्ठ ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय : ११:२२ बजे