गृहपृष्ठ भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँट, ४ हजारको आवेदन रद्द

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँट, ४ हजारको आवेदन रद्द

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँट, ४ हजारको आवेदन रद्द

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले  जारी गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले मंगलबार बिहान कम्पनीको कार्यलयमा आईपीओ बाँडफाँट गरेको हो।

क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य थियो भने ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको थियो।

क्यापिटलले योग्य आवेदकमध्ये गोलाप्रथाबाट २ लाख ७ हजार ५ सय २८ जनालाई १० कित्ताको दरले शेयर बाँडफाँट गरेको छ भने बाँकी रहेको ५ कित्ता शेयर ५ जनालाई थप गरी ११ कित्ता बाँडफाँट गरेको छ।

कम्पनीका आईपीओमा आवेदन गर्ने ९ लाख ४९ हजार ३९९ जना आवेदकको भने हात खाली भएको छ।

कम्पनीको आईपीओको नतिजा मेरोशेयर तथा क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिने छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु