गृहपृष्ठ विश्वकप क्रिकेटको उपाधि छिनोफान आज, एक हारले हुन सक्छ भारतको सपना चकनाचुर
विश्वकप क्रिकेटको उपाधि छिनोफान आज, एक हारले हुन सक्छ भारतको सपना चकनाचुर

भातरमा जारी १३ औँ संस्करणको एकदिवसीय क्रिकेट विश्वकपको आज अन्तिम खेल हुँदैछ । अर्थात आज विश्वक क्रिकेटको फाइनल भिड्न्त हुँदैछ । फाइनमा आयोजक भारत र अष्ट्रेलिया भिड्ने छन । यो विश्वकपमा भारत अपराजित रहेको एक्लो टोली हो । प्रारम्भिक चरणका ९ र सेमिफाइनलको एक खेल गरि भारत लगातार १० खेलमा अपराजत रहेको छ ।
अष्ट्रेलिया भने समूहगत चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यो विश्वकपको ट्रफि उचाल्नका लागि भारत र अष्ट्रेलिया एक कदम मात्रै टाढा छन् । उच्च लयमा देखिएको भारतले यो पटकको विश्वकप उपाधि घरमा नै राख्ने क्रिकेट विश्लेषकहरुको भनाइ छ । तर क्रिकेटमा सबै कुरा सम्भव हुने भएकाले फाइनलको एक हारले भारतको तेस्रो पटक उपाधि उचाल्ने सपना चकनाचुर बनाइदिन सक्छ ।
यो फाइनललाई सन् २००३ को फाइनको पुनरावृतिका रुपमा लिइएको छ । त्यो बेला भारलताई पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको थियो । सन् २००३ को कप्तानी गरेका भारतका सौरभ गांगुलीले यो विश्वकपको फाइनमा २००३ को भन्दा फरक नतिजा आउने बताएका छन् । तर अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे खेल सुरुहुँदा भारतलाई उपाधि चुम्नेसँगै एउटा हारले मुखमा आएको गास फुत्किने डर हरने छ ।
सेमिफाइनसम्मको खेलको विश्लेषण गर्ने हो भने भारतलाई गतिलो जबाफ दिन सकेको टोलीका रुपमा न्यूजिल्याण्ड मात्रै देखियो । भारतलाई सेमिफाइन र समूहगत चरणमा पनि न्यूजिल्याण्डले कडा टक्कर दिएको थियो । ती बाहेक अरु सबै खेलमा भारत विपक्षी विरुद्ध निकै खरो उत्रेको थियो । अष्ट्रेलियाले भने सेमिफाइनमा दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य परा गर्नका लागि पनि ७ विकेट गुमाएको थियो ।
यो हिसाबले हेर्दा भारतको सम्भावना केही बढी छ उपाधि जित्नेमा । तर खेलमा यसै भन्न सकिदैन त्यस माथि क्रिकेट त अनिश्चितताको खेल हो । यसमा कुनै पनि समय खेलले अर्कै मोड लिन सक्छ ।
यो विश्वकपको फाइनमा धेरै रन बनाउने र धेरै विकेट लिने खेलाडी विचको प्रतिपस्र्धा समेत हुने छ । यो विश्वकपको फाइन हुनु भन्दा अघिसम्मको आंकडा हेर्दा सबैभन्दा धेरै रन बनाउने र विकेट लिने खेलाडीमा भारतीय खेलाडी रहेका छन् । अहिलेसम्म भारतका विराट कोहलीले ७११ रन बनाएका छन् भने भारतकै मोहमद सामीले २३ विकेट लिएर धेरै विकेट लिने खेलाडीको शिर्ष स्थान कब्जा गरेका छन् ।
अहिलेसम्मको अवस्थामा कोहली यो विश्वकपमा धेरै रन बनाउने खेलाडी बन्ने निश्चित जस्तो देखिन्छ । किनभन्ने उनीभन्दा पछि रहेका खेलाडीहरुमा भारतका कप्तान रोहीत शर्मा र अष्ट्रेलियाका डेविट वार्नर हुन । उनीहरुले विराट कोहलीलाई भेट्नका लागि आजको खेलमा कोहली सस्तैमा आउट भएर उनीहरुले करिब २०० रनको पारी खेल्नु पर्ने हुन्छ । जुन असम्भव जस्तै देखिन्छ ।
धेरै विकेट लिने खेलाडीको दोस्रो स्थानमा अष्ट्रेलियाका याडम जाम्पा रहेका छन् । उनी सामीभन्दा १ विकेटले पछि रहेका छन् । आजको खेलमा यी दुई बीचको प्रतिस्पर्धा निकै हर्न लायक हुने छ । यो प्रतियोगितामा भारको ब्याटिङ र बलिङ दुवै निकै उत्कृष्ट रहेको छ । अष्ट्रेलियाको ब्याटिङमा स्थिर प्रदर्शन छैन । भारतका रोहित शर्मा, शुभमन गिल, विराट कोहली, लोकेश राहुल, श्रेयस अय्यर र सुर्या कुमार यादवले जसले यो विश्वकपमा निकै राम्रो ब्याटिङ गरेका छन् । यो ब्याटिङ लाइनलाई रोक्नका लागि अष्ट्रेलियन बलरलाई निकै मेहनत गर्नु पर्ने देखिन्छ ।
त्यस्तै बलिङ आक्रमणमा मोहमद सामी, जसप्रित बुम्रा, मोहमद सिराजको सामना गर्नका लागि पनि अष्ट्रेलियन ब्याट्सम्यानलाई निकै चुनौति हुने छ । तिब्रगतिको बलिङ झल्दा झेल्दै स्पिनर रविन्द्र जडेजा र कुलदिप यादवको स्पिनको सामना गर्नु पर्ने हुन्छ ।
यता भारतले पनि अष्ट्रेलियाका डेविट वार्नर, ट्राभिस हेड, स्टीवन स्मिथ, मिचेल मार्श, मार्नस लाबुसचेन र ग्लेन म्याक्सवेल जस्ता ब्याट्सम्यानको सामना गर्नु पर्ने छ । यी खेलाडीले जस्तो सुकै अवस्थामा पनि ठूलो पारी खेल्न सक्छन् र खेललाई परिवर्तन गर्न सक्छन् । ग्लेन म्याक्सवेलले त यो विश्वकपमा दोहोरो शतक समेत लगाइसकेका छन् । घाइते भएको अस्थामा पनि उनले मैदानमा देखाएको बहादुरीले गर्दा अहिले उनको निकै चर्चा भइरहेको छ । उनले हारको मुखैमा पुगेको खेललाई पनि जितसम्म पुर्याएका थिए ।
त्यस्तै अष्ट्रेलियाको बलिङ आक्रमणको जिम्मेवारी मिचेल स्टार्क, एडम जाम्पा र जेस हजलउडको काधमा हुने छ । सुरुका ओभरमा स्टार्क र हजलउडको स्वीङको सामना गर्न भारतलाई त्यति सजिलो हुने छैन । त्यसपछि जाम्पाको स्पिन निकै खतरनाक हुन सक्छ भारतका लागि ।
विश्वकप विजेताले पाउने छ ४० लाख अमेरिकी डलर
यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् । जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् । यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिने छ ।
प्रकाशित समय : १०:४८ बजे