गृहपृष्ठ सुर्य ज्योति लाइफले बजारमा ल्यायो नयाँ बीमा पोलिसी
सुर्य ज्योति लाइफले बजारमा ल्यायो नयाँ बीमा पोलिसी

सुर्य ज्योति लाइफले नेपालमै पहिलो पटक सुरुवात भएको दावी सहित ‘सही प्लान’ नामक नयाँ बीमा पोलिसी बजारमा ल्याएको छ । सुर्यज्योति लाइफले आजीवन म्यादी जीवन बीमा पोलिसीको बीमा प्रिमियम सबैभन्दा सस्तो रहेको कम्पनीले जनाएको छ ।
बीमा अवधीभर तिरेको सम्पूर्ण रकम बीमित ७० वर्षको उमेर पुरा भएपछि फिर्ता पाइने कम्पनीले जनाएको छ । त्यस्तै, बीमा शुल्क तिरेको प्रिमियमको छ गुणासम्म जोखिम बहन गर्ने नयाँ बीमा पोलिसी बजारमा ल्याएको कम्पनीले जनाएको छ । सो बीमा पोलिसीको औपचारिक रुपमा शुरुवात गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अध्ययन अनुसन्धानमार्फत नयाँ बीमा पोलिसी ल्याएकोमा सफल हुने विश्वास व्यक्त गरेका छन् ।
सही प्लान बीमा पोलिसीमा बार्षिक ४० हजार बीमा शुल्क तिरेर २५ लाखको जोखिम रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ ।
बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नै प्रसंशा गरेको सूर्यज्योति लाइफको सही प्लान नामक बीमा पोलिसीका विशेषताहरु के के छन् त ?
क) कम प्रिमियममा बढि जोखिम रक्षावरण
सुर्यज्योति लाइफले आज सार्वजनिक गरेको सही प्लान नामक बीमा पोलिसी कम प्रिमियममा सर्वाधिक जोखिम बहन गर्ने नेपालकै एक मात्र बीमा पोलिसी हो । बीमा प्रिमियमको छ गुणा बढि जोखिम बहन हुने हुँदा उक्त बीमा पोलिसी कम प्रिमियम र बढि जोखिम बहन गर्न समक्ष हुनेछ ।
ख) बीमा अवधी समाप्तपछि पनि निरन्तर जोखिम बहन
सही प्लान बीमा पोलिसी बीमा अवधी समाप्त भएपछि पनि निरन्तर जोखिम बहन गरिरहने बीमा पोलिसी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीमा अवधी समाप्त भएपछि पनि होल लाइफको जोखिम कभरेज गरिरहेको हुनेछ ।
ग) बीमा प्रिमियम फिर्ता पाउने बीमा पोलिसी
सुर्यज्योति लाइफले आज सार्वजनिक गरेको सही प्लान नामक बीमा पोलिसी बीमा प्रिमियमबापतको रकम फिर्ता गर्ने एक बीमा पोलिसी हो । ७० वर्षको उमेरमा प्रिमियमबापत बीमितले बुझाएको सम्पूर्ण रकम फिर्ता पाइने बीमा कम्पनीले जनाएको छ ।
घ) प्रावधानहरु
१.न्यूनतम् बीमाङ्क रकमः पाँच लाख रुपैयाँ ।
२.न्यूनतम् प्रवेश उमेरः १८ वर्ष ।
३. अधिकतम् प्रवेश उमेरः ६० वर्ष ।
४. अधिकतम् बीमा शुल्क भुक्तानी समाप्त उमेरः ६५ वर्ष ।
५.न्यूनतम् भुक्तानी अवधीः पाँच वर्ष ।
६.बीमा शुल्क भुक्तानी तरिकाः एकलरबार्षिकरअर्धबार्षिकरत्रैमासिक
ङ)अतिरिक्त सुविधाहरुः
१.दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ ।
२. दुर्घटनाबाट पूर्ण अशक्त भएमा ९अधिकतम् एक करोड रुपैयाँसम्म० बाँकी अवधीको बीमा शुल्क छुट र बीमाङ्कको आधारमा कम्तीमा १० वर्षसम्म मासिक असक्त सुविधा ।
३.३५ घातक रोगका विरुद्ध ५० लाखसम्मको घातक रोगको उपचार खर्च सुविधा ।
४. सहुलियत दरमा नियम अनुसार ऋण लिन पाइने ।
प्रकाशित समय : १३:४४ बजे