गृहपृष्ठ चार देशीय महिला टी–२० क्रिकेट : नेपालको सान्त्वना जित
चार देशीय महिला टी–२० क्रिकेट : नेपालको सान्त्वना जित

चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले सान्त्वना जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले जापानलाई ६७ रनले हराउँदै सान्त्वना जित दर्ता गराएको हो ।
हङकङमा शनिबार बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो । जबाफमा जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट भयो । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा सङ्गीता राईले ३ र पूजा महतोले २ विकेट लिइन् ।
त्यसअघि नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । त्यस्तै, कप्तान इन्दु बर्माले २७ रन जोडिन् । सिरिजमा यसअघि नै तान्जानिया र हङकङसँग पराजित भएको नेपाल फाइनल पुग्नबाट बञ्चित भएको थियो । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन् ।
प्रकाशित समय : ११:५९ बजे