गृहपृष्ठ चितवन राष्ट्रिय निकुञ्जभित्र दुुई गैँडा मृत अवस्थामा फेला
चितवन राष्ट्रिय निकुञ्जभित्र दुुई गैँडा मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको भेटिएको छ ।तिहारको मौका पारेर गैँडाको हत्या गरिएको स्रोतको भनाई छ । निकुञ्जको चपरचुली पोष्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा खाल्डो खनेर दुई वयस्क पोथी गैँडा मारिएको अवस्थामा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उक्त क्षेत्रमा दुई फरक खाल्डो खनी दुईवटा पोथी गैँडा मारिएको अवस्थामा भेटिएको छ ।
मारिएकोमध्ये एउटा १८ वर्ष र अर्को ६ वर्षको पोथी गैँडा छन् । दुबैको खाग भने काटिएको अवस्थामा रहेको छ । १८ वर्षको गैँडाको करिब १० दिन र ६ वर्षको गैँडा ३ दिनअघि मारिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
हिजो बिहीबार निकुञ्जको गस्ती टोलीले खाग नभएको अवस्थामा दुई गैँडा भेटेको हो ।
गैँडा मारिएको क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र हो ।
प्रकाशित समय : ०८:०३ बजे