global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ विश्वकप क्रिकेट : पहिलो सेमिफाइनमा भारतले दियो न्यूजिल्याण्डलाई ३९८ रनको लक्ष्य

विश्वकप क्रिकेट : पहिलो सेमिफाइनमा भारतले दियो न्यूजिल्याण्डलाई ३९८ रनको लक्ष्य

विश्वकप क्रिकेट : पहिलो सेमिफाइनमा भारतले दियो न्यूजिल्याण्डलाई ३९८ रनको लक्ष्य

भारतमा जारी एकदिवसिय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनमा भारतले न्यूजिल्याण्डलाई जितका लागि ३९८ रनको लक्ष्य दिएको छ । मुम्बइमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली भातरले निर्धारीत ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन बनाएपछि न्यूजिल्याण्डले सो लक्ष्य पाएको हो ।

टस जितेर पहिले ब्याटिङ गर्ने कप्तान रोहीत शर्माको निर्णयमा भारतीय खेलाडी खरो उत्रिएपछि भारतले ठूलो स्कोर खडा गरेको हो । भारतका लागि दुई खेलाडीले शतक पुरा गरे । भारतका लागि बिराट कोहली र श्रेयस अय्यरले शतक प्रहार गरे । कोहलीले टोलीका लागि ११७ रनको योगदान दिए । कोहलीको यो ५० औँ शतक हो । उनले सचिन तेन्दुलकरको ४९ शतकको कृतिमान समेत तोडे । त्यस्तै भारतका लागि श्रेयस अय्यरले पनि शतकीय पारी खेले । उनले टोलीका लागि १०५ रनको पारी खेले । ओपनर सुभमन गिलले ८० रनमा रिटायर्ड हट भए । कप्तान रोहीत शर्मा ४७ रनमा आउट भए । त्यस्तै लोकेश राहुलले पनि ३९ रनको पारी खेले ।

न्यूजिल्याण्डका लागि टिम साउथीले ३ विकेट लिए । त्यस्तै ट्रन्ट बोल्डले १ विकेट लिए । ३८२ रनको लक्ष्य सहित न्यूजिल्याण्डले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ ।

भारत यो विश्वकपमा समूह चरणका सबै खेल जित्दै सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड ९ मध्ये ५ खेल जितेर चौथो स्थानमा रहँदै अन्तिम ४ मा पुगेको हो । समूह चरणको खेलमा धर्मशालामा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो ।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु